२०८१, १५ बैशाख शनिबार

प्रधानमन्त्री ओलीले दावी गरेको पर्साको ठोरीमा राम र सीताका प्राचीन अवशेष अझै सुरक्षित

प्रधानमन्त्री ओलीले दावी गरेको पर्साको ठोरीमा राम र सीताका प्राचीन अवशेष अझै सुरक्षित


बीरगञ्ज, १ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पर्सा जिल्लाको ठोरीमा पर्छ, भनेर अभिव्यक्ति दिएसँगै नेपाल र भारत दुवै देशमा खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री ओलीले सीतालाई भारतीय राजकुमारलाई नभई नेपालकै अयोध्याका राजकुमार रामलाई दिइएको हो, भन्ने अभिव्यक्ति दिएसँगै यतिबेला नयाँ विवाद मात्र सुरु भएको छैन, यसले राम भूमि अयोध्याको बिषयमा समेत थप अनुसन्धान हुनुपर्ने कुरालाई अघि सारेको छ ।

यसैबीचमा पर्साको ठोरी गाउँपालिका–५ स्थित ठोरी भन्सार टोलदेखि पश्चिम दक्षिणतर्फ रहेको सुमेरु पर्वतमा सीताको गुफा तथा केही प्राचीन अवशेषहरु भेटिएका छन् ।

ठोरी भन्सार टोल नजिकैबाट बगेको ठुटे खोलासँगै जोडिएको ठूल्ठूला चट्टानसहितको सुमेरु पर्वतको बीच भागमा सीताको प्राचीन गुफा भेटिएको हो । गुफासँगै सीताले त्यहाँ तपस्या गर्ने क्रममा विताएका दिनहरुको बखत रहेका कुण्ड, प्राचीन घडा, प्राचीन शिवलिंग लगायतका अवशेषहरु भेटिएका हुन् ।

माता सीता जनकपुरबाट पर्साको ठोरीमा आएर त्यही गुफामा रही तपस्या गर्ने गरेकी र सोही क्रममा पूजा गर्नका लागि ढुँगाको ठूलो चट्टानमा आफैले बनाएकी शिवलिंगको अवशेष भेटिएको हो ।

उक्त शिवलिंगको बीचको भाग फुटेर हराइसकेको अवस्थामा छ, भने त्यही नदी छेउमै सुमेरु पर्वतको तल्लो भागमा भगवान राम तथा सीताले पिउने गरेको पानीको कुण्डको अवशेष अहिलेसम्म सुरक्षित नै रहेको छ ।

यसो झट्ट हेर्दा सानो खाल्टो जस्तो देखिएपनि चट्टानै चट्टानले बनेको करिब १० फिट गहिरो र दुई मिटर गोलोका आकारको कुण्ड अहिले पनि त्यही छ । उक्त कुण्डमा कुनै पनि महिनामा पानी नसुक्ने गरेको स्थानीयहरुको भनाइ छ ।

उक्त कुण्डको साथमा खोला वरिपरि ठूल्ठूला चट्टानले बनेको विभिन्न भगवानको मुर्तिहरुको अवशेष पनि रहेको छ । उक्त अवशेषहरुबाट पनि भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको त्यहाँका स्थानीयहरुको भनाइ छ ।

साभारः www.news24nepal.tv

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ११ : १४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने