धुलिखेल, २७ असारः काभ्रेको बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । सातौं गाउँसभाको दोस्रो बैठकले ५० करोड २१ लाखकोे बजेट बिनियोजन गरेको गाँउपालिकाका प्रमुखप्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कृषि, स्वास्थ्य, शिक्षा, पुर्वाधार बिकास लगायतका कार्यक्रम प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको गाँउपालिकाका अध्यक्ष प्रेम बाहादुर तिमल्सिनाले बताउनुभयो ।
नीति तथा कार्यक्रम भने १० गते बसेको सातौ नगरसभाको पहिलो बैठकमा अध्यक्ष तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया