२०८१, १७ बैशाख सोमबार

काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए

काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए

अहिलेसम्म काभ्रेमा २० जना संक्रमित देखिएका छन्


धुलिखेल, २६ असारः काभ्रेमा ६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौमा गरिएको स्वाब परीक्षणमा आज जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ८ का ४० बर्षीय एक जना पुरुष, पनौती नगरपालिका वडा नम्बर ९ का २६ बर्षीय एक पुरुष, बनेपा नगरपालिकाका २४ बर्षीय एक पुरुष, बनेपा नगरपालिका वडा नम्बर १३ का ३० बर्षीय एक जना पुरुष, पनौती नगरपालिका वडा नम्बर २ का ४९ बर्षीय एक महिला र काभ्रे ठेगाना भएपनि स्थानीय नखुलेको २३ बर्षीय महिला संक्रमित भएका छन् ।

यो सँगै जिल्लाामा संक्रमितको संख्या २० पुगेको छ । त्यसमध्ये १० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । जिल्लाको १३ स्थानीय तह मध्ये तेमाल, रोशी, महाभारत र बेथानचोक गाउँपालिका तथा बनेपा र पनौती नगरपालिकामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ४ : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने