धुलिखेल, २५ असारः सिन्धुपाल्चाेककाे बाढीमा परी बेपत्ता भएकाहरुको पहिचान खुलेकाे छ । बाह्रबिसे नगरपालिकाले बेपत्ताहरूकाे सूची सार्वजनिक गरेकाे छ ।
बेपत्ता हुनेहरुमा बाह्रबिसे नगरपालिका वडा नम्बर ५ का भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेका छन् ।
बेपत्ता हुनेमा भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामा, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी ३ बर्षिया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।
प्रतिक्रिया