धुलिखेल, २३ असारः काभ्रेको खानिखोला गाउँपालिकामा चालु आर्थिक बर्ष २०७६÷७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । ३ सयवटा योजना बनाएको पालिकाले ८५ प्रतिशत योजना सम्पन्न गरेको छ । यसमा सबै भन्दा धेरै पुर्वाधार तर्फका योजना छन् ।
३० प्रतिशत योजनाको भने भुक्तानी हुन बाँकी रहेको छ ।बहुबर्षिय योजनाको कामहरुलाई निरन्तरता दिइरहेको पालिकाले जनाएको छ । पालिकामा लक्षित वर्गकालागि बनाइएको योजना सबै सम्पन्न हुन सकेका छैन । बाँकी रहेका योजना आगामी आर्थिक बर्षमा निरन्तर सञ्चालन हुनेछ ।
प्रतिक्रिया