२०८१, १५ बैशाख शनिबार

नेकपा स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

नेकपा स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा


काठमाडौं : बैठक माग गरिएको दुई महिनापछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक बसेको छ । बुधबार १२ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको स्थायी कमिटी बैठकका लागि ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ । सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । त्यसपछि सरकारका कामकारबाहीबा बारेमा छलफल हुनेछ । सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका बारेरमा बैठकमा छलफल गर्ने तयारी भएको छ।

त्यसबाहेक एमसीसी र पार्टी एकताका विषयमा पनि छलफल गर्ने गरी कार्यसूची तयार पारिएको छ । गत १० वैशाखमा स्थाथी कमिटीको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई २० जना स्थायी कमिटी सदस्यहरूले पत्र बुझाएका थिए ।

सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ )४) अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएका थिए।

२५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने भएपनि पटक–पटक बैठक बोलाउँदै स्थगित गर्दै गरिँदै आएको थियो।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  १२ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने