२०८१, ३ जेष्ठ बिहीबार

मेलम्चीका किसानलाइ ६६ वटा हाते ट्याक्टर

मेलम्चीका किसानलाइ ६६ वटा हाते ट्याक्टर


देवराज सुवेदी, मेलम्ची ८ असारः मेलम्ची नगरपालिकाले नगरभित्रका वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा नगरले ३७ लाख लगानी गरी कृषकहरुलाइ ट्याक्टर वितरण गरिएको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।

बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट ७० प्रतिशत अनुदानमा चार वटा ट्याक्टर नगर भित्रकै किसानहरुलाई पनि अनुदान परेको नगरपालिका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित कृषि सहकारीका सञ्चालक र अन्य ट्याक्टर अनुदान पाएका कृषकलाइ ट्याक्टर वितरण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले अब कृषकले पाएका हाते ट्याक्टर जतन गरी चलाउन र कृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : ०६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको