२०८१, ३१ बैशाख सोमबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढ्यो

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढ्यो


धुलिखेल, ७ असारः काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढेको छ । आज जिल्लाको विभिन्न क्वारेन्टाइनमा १ सय ४५ जना रहेका छन् । १ सय १९ जना पुरुष र २६ जना महिला क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ ।

हालसम्म जिल्लाका ११ सय ८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । त्यस्तै २२ सय ८८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको कमाण्ड पोष्टले जनाएको छ । जिल्लामा क्वारेन्टाइन बेडको संख्या ८ सय ७ रहेको छ ।

जिल्लाको सबैभन्दा धेरै रोशी गाउँपालिकामा १ सय १० बेडको क्वारेन्टाइन रहेको छ । त्यस्तै तेमाल गाउँपालिकामा १ सय ५ वेड, मण्डनदेउपुरमा १ सय वेड, धुलिखेलमा ६५ वेड, पनौतीमा ६० वेड, नमोबुद्धमा ५६ वेड र बनेपामा ५० वेडको क्वारेन्टाइन रहेको छ ।

यस्तै पाँचखाल नगरपालिकामा ४० वेड, महाभारत गाउँपालिकामा ४६ वेड, बेथानचोकमा ३९ वेड, चौरीदेउरालीमा ३० वेड, भुम्लुमा ३० वेड र खानीखोलामा २४ बेड क्वारेन्टाइन रहेको छ ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ६ : १६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको