२०८१, १५ बैशाख शनिबार

सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी

सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी


काठमाण्डाै, ६ असारः समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ।

शुक्रबार तीन जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन्। ‍

‘परिसरमा राज्यविरूद्धको अपराधमा उजुरी परेको छ। राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै केही अभिवक्ताहरूले उजुरी हाल्नु भएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले सेतोपाटीलाई जानकारी दिए।

उजुरी परेसँगै अनुसन्धान थालिसकिएको पनि उनले बताए। ‍

पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन्। उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो। तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो। अस्वीकृत भएसँगै उनले संसदबाट बाहिरिएर पत्रकारहरूसँग आफ्ना अभिव्यक्ति दिएकी थिइन्।

‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार जाँच गर्नु भएन भने, नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो,’ गिरीले भनेकी थिइन्, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्‍यो। महिलाहरूले देश निर्माण गर्नुभयो।’

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ७ : ५७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने