२०८१, ४ जेष्ठ शुक्रबार

मण्डनदेउपुरका स्वास्थ्यकर्मी कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि प्रशिक्षण

मण्डनदेउपुरका स्वास्थ्यकर्मी कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि प्रशिक्षण


धुलिखेल, ३२ जेठः काभ्रेको मण्डनदेउपुर नगरापालिकामा कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक प्रशिक्षण सुरु भएको छ । आज बाट सुरु भएको प्रशिक्षण तीन दिनसम्म चल्ने छ । प्रशिक्षणको शुभारम्भ गर्दै मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले नआत्तिइ सतर्क भएर सेव गर्न स्वास्थ्यकर्मीहरुलाइ आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मीहरुले अपनाउन पर्ने सावधानीको बारेमा जानकारी दिइएको थियो । प्रशिक्षणमा सहभागि स्वास्थ्यकर्मीलाई माक्स, पन्जा, पीपीई सेट लगाउँदा ध्यान दिनुपर्ने कुरा र लगाउने तरिका धुलिखेल अस्पतालका डाक्टर मनोज अधिकारी र सन्जय कुमार शाहले सहजिकरण गरिरहनु भएको छ ।

कार्यक्रममा नगरपालिका भित्रका २० जना भन्दा बढी स्वास्थकर्मीहरु उपस्थित छन् । कार्यक्रम मन्डन्देउपुर र नगरपालिका र इको हिमालकोे साझेदारीमा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ५ : ४० बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको