२०८१, ४ जेष्ठ शुक्रबार

रोशीमा कोरोना संक्रमण पुष्टिपछि अवस्था कस्तो छ ?

रोशीमा कोरोना संक्रमण पुष्टिपछि अवस्था कस्तो छ ?

गाउँपालिकालाइ क्वारेन्टाइनमा खटिएका स्वास्थ्य र सुरक्षा कर्मीको पनि पीसीआर परीक्षण गर्न दबाब


धुलिखेल, २४ जेठः एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि काभ्रेको रोशी गाउँपालिकामा थप सुरक्षाका उपाय अपनाइएको छ । नागरिकहरुलाई अति आवश्यक काम बाहेक बाहिरा नस्किन भनिएको छ ।

पालिकाको वडा नम्बर ९ स्थित मंगल जनविजय माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित हुनेहरुमा रोजगारीका सिलसिलामा भारतबाट गाउँ फर्किएका २० बर्षीय महिला, २२ र २९ बर्षीय २ जना पुरुष छन् । पालिका प्रमुख डिबी लामाले सामाजिक सञ्जाल मार्फत त्रसित नभइ सुरक्षित भएर बस्न पालिका बासीलाई आग्रह गरेका छन् ।

पालिकाले क्वारेन्टाइनमा बसेका ७ जनाको स्वाब संकलन गरेर पठाएको थियो । त्यस मध्ये ४ जनाको रिपोर्ट आयो । तीन जनामा कोरोना पुष्टि भयो । बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य संयोजक गंगालाल श्रेष्ठले बताए ।

मंगल जनविजय माध्यामिक विद्यालयको क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ । उनीहरु पनि भारतबाटै आएका हुन् । ती मध्ये एक जना आज आएका हुन भने अन्यले ८ देखि १३ दिन बिताइसकेका छन् । उनीहरुको पनि स्वाब संकलन गरेर धुलिखेल अस्पताल स्थित कोरोना प्रयोगशालामा पठाइने स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।

एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन् । कतिपयले गाउँको बीचमा क्वारेन्टाइन राखेको भन्दै विरोध जनाएका छन् । स्थानीयले क्वारेन्टाइनमा खटिएका स्वास्थ्य कर्मी र सुरक्षा कर्मीको पनि पीसीआर परीक्षण गर्न गाउँपालिकालाई दबाब दिएका छन् । ‘स्थानीयहरुले क्वारेन्टाइनमा खटिने स्वास्थ्य र सुरक्षा कर्मीको पनि पीसीआर परीक्षण गराउन भन्नुभएको छ, स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘यो माग जायज पनि हो, हामीले माथिल्लो निकायसँग आग्रह गरेका छौँ ।’

पालिकामा क्वारेन्टाइन संख्या ८५ पुगेकाे छ । वडा नम्बर २ स्थित लक्ष्मी नारायण माध्यामिक विद्यालय शिखर अम्बाेटेमा पनि क्वारेन्टाइन सञ्चालन गरिएकाे स्वास्थ्य संयाेजक श्रेष्टले बतााए ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  २ : ०९ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको