२०८१, १० बैशाख सोमबार

भारतमा कोरोना संक्रमित ७० हजार नाघे

भारतमा कोरोना संक्रमित ७० हजार नाघे


काठमाडौं, ३० वैशाखः  भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरानो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २३ हजार चार सय एक जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म आठ सय ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । गुजरातमा अहिलेसम्म आठ हजार पाँच सय ४१ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय १३ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम तीन हजार सात सय ८५ जना संक्रमित हुँदा दुई सय २१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म दुई हजार ६३ जना संक्रमित भइसकेका छन् भने एक सय ९० जना मानिसको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार पाँच सय ७३ जना संक्रमित भेटिँदा ८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म सात सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा २२ हजार चार सय ५५ संक्रमित निको भएर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ११ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने