२०८१, १५ बैशाख शनिबार

भुम्लुको सार्वजनिक आधारभुत विद्यालय र अनुगमनको पाटो

भुम्लुको सार्वजनिक आधारभुत विद्यालय र अनुगमनको पाटो


  • प्रकाश सुन्दास,

धुलिखेल, २९ बैशाखः भुम्लु गाउँपालिका वडा नम्बर ५ मानेडाँडामा रहेको सार्वजनिक आधारभुत विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार खरेल पछिल्लो समय ढुक्क छन् । बालबालिकाको पठनपाठनमा थप सुधार ल्याउन सकिन्छ भन्नेमा प्रधानाध्यपक खरेल निश्चिन्त देखिन्छन् । बालबालिकाको पढाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालयको भौतिक पक्ष पनि हो । भूकम्पले भत्काइदिएको विद्यालय भवन झण्डै पाँच वर्षपछि बनेको छ ।

२०७६ साल असार २० गतेभित्र सक्ने गरी मोहन पार्वती कन्ट्रक्सनले उक्त विद्यालयको भवन निर्माणका लागि २०७५ असार १८ गते सम्झौता गरेको थियो । तर २०७६ फागुन महिनामा मात्रै विद्यालय निर्माण पुरा भयो । यो विद्यालयमा गुणस्तरीय सामान प्रयोग हुनुका पछाडि अनुगमनको भने निकै महत्वपूर्ण भुमिका छ । ‘हामीले ठेक्केदारलाई पटक पटक भनेका थियौँ, तर अटेर गरिरहेका थिए, जब अनुगमनका लागि टिआइ नेपालको टोली आयो त्यस पश्चात काम छिटो पनि भयो, गुणस्तरीय सामाग्री पनि प्रयोग भयो । प्रधानाध्यापक खरेलले भने ।’

उक्त विद्यालयको २०७५ चैत १९ गते मंगलबार ट्रान्सपरेन्टसी इन्टरनेश्नल नेपाल काभ्रेका जिल्ला अधिकृत गंगा लामा, जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाका इन्जिनियर श्रिया झा, सामुदायिक सारथीका जिल्ला संयोजक भेषराज दनुवार र पत्रकार सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो । त्यो बेला उक्त विद्यालयको छत ढलान भएको दुई साता पुगेको थियो । पिल्लर उठाउने काम भइरहेको थियो । अनुगमनका क्रममा इन्जिनियर झाले २० एमएम भन्दा कमको गिट्टी प्रयोग भएको, पिल्लरको फर्मा समय नपुगि निकालिएको, छत र भर्याङ एकैपटक ढलान नगरिएको बताएकी थिइन् । अनुगमन टोलीले विद्यालयका प्रधानध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, शिक्षक र स्थानीयसँग छलफल पनि गरेको थियो ।

छलफलका क्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार लामाले निर्माण ब्यवसायले आफुहरुले भनेको कुरा नमाने गरेको बताएका थिए । डिपिसी देखिनै ठेक्केदारले लापर्बाहि गर्दै आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लामाले बताएका थिए । ‘हामीले धेरै पटक ठेक्केदारलाई भन्यौ, अध्यक्ष लामाले त्यो भनेका थिए ‘तर नमानेपछि डिपिसीको गाह्रो समेत हामी आफैले भत्कायौ । पछि मापदण्ड अनुसार बनाएर पिल्लर र ढलान गरेका हौँ ।’

टिआइ नेपालको अनुगमनपछि निर्माण सामग्रीको गुणस्तरमा समेत आफुहरु निकै सचेत बनेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लामाले बताए । टिआइ नेपाको अनुगमन भन्दा पहिले कुनै पनि पक्षले अनुगमन गरेका थिएन । अनुगमनपछि जिल्लाका संचार माध्यमहरुले गुणस्तरहिन सामान प्रयोग भएको समाचार सम्प्रेसण गरेपछि भुम्लु गाउँपालिकाले समेत अनुगमन गरेको थियो । २०७५ चैत २३ गते प्रधानध्यापक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारी बीच छलफल गरेर काम गर्ने जिम्मा ठेक्केदारले लिने र सामानको जिम्मा विद्यालय ब्यवस्था समितिले गर्ने सहमति भएको थियो ।

‘छत र भर्याङ एकैपटक ढलान नगरिएको कुरा टिआइ नेपालको अनुगमन टोलीले औल्याएपछि ढलान भइसकेको छतको भर्याङ पट्टीको केहि भाग भत्काएर पुनः छत र भर्याङ एकैपटक ढलान गर्न लगायौँ, गिट्टी, सिमेन्ट, बालुवा, रड जस्तो निर्माण सामग्री गुणस्तर हेरेर आफैले ढुवानीमा सहयोग गरे विव्यस अध्यक्ष लामाले भने ‘तपाईहरुले अनुगमन गरेपछि धेरै कुरामा हामी चनाखो भयौ, गाउँपालिकाले पनि चासो राख्यो, अहिले भवन राम्रो बनेको छ ।’

७० लाख ७० हजारमा निर्माण भएको ४ कोठे पक्की भवनमा नयाँ शैक्षिक सत्र देखि विद्यार्थी पढ्न पाउने भएका छन् । ‘तपाईहरुले अनुगमनका बेला पिल्लरको फर्मा समय नपुगि निकालेको बताएपछि बाँकी पिल्लरका फर्मा समय पुर्याएर मात्रै निकाल्यौ, डिएलपिआइयू (शिक्षा) ले भवन हस्तान्तण गर्न मात्रै बाँकी छ, अन्तिम निरीक्षण गरेर हस्तान्तरण गर्ने तयारी भइरहेकै बेला लकडाउन भयो, विब्यस अध्यक्ष लामाले भने ‘रंग रोगन देखि आवश्यक सबै काम पुरा गरिसकेका छौँ ।’

सार्वजनिक आधारभूत विद्यालयमा ५५ जना विद्यार्थी रहेका छन् । स्थायी ६ जना, एक जना राहत र नीति स्रोतबाट २ जना गरी ९ जना शिक्षक रहेका छन् । भूकम्पपछि जिल्लामा थुप्रै विद्यालयहरु निर्माण भइरहेका छन् । ती विद्यालयहरु हेर्ने छुट्टै इन्जिनियरको समेत ब्यवस्था गरिएको छ । तर इन्जियिनर नभएको मौका छोपेर ठेक्केदारहरुले नक्सा विपरित काम गर्ने र गुणस्तरहिन सामान प्रयोग गर्ने गरेको इन्जिनियर श्रिया झाले बताइन् ।

प्रकाशित मिति : २०७७, २९ बैशाख सोमबार  ९ : ०९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने