२०८१, १० बैशाख सोमबार

कोरोना भाइरसः विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

कोरोना भाइरसः विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित


विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो ।अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।  चिनियाँ सरकारकी सञ्चारमाध्यममा अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो।

त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्। पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।

संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्। ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ।

गृहमन्त्री प्रिती पटेलले त्यो सङ्ख्यालाई “दुःखद र नराम्रो कोसेढुङ्गा” को सङ्ज्ञा दिएकी छन्। यूकेको दैनिक तथ्याङ्कमा घर र स्याहार केन्द्रमा हुने मृत्युका घटनालाई नसमेट्ने भएकोले कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या बढी हुने निश्चितप्रायः छ।

स्याहार केन्द्रमा हुने मृत्युलाई पनि समेट्ने गरेको फ्रान्सले शनिवार मृतकको सङ्ख्या ३६९ ले बढेको बताए। मार्च महिनाको शुरूयता फ्रान्समा कोरोनाभाइरसका कारण २२,६१४ जनाको ज्यान गइसकेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पतालहरूमा मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या घट्दो क्रममा छ र अस्पतालका सघन उपचार कक्षमा भर्नाहरूको सङ्ख्या लगातार १७ औँ दिन घट्दो क्रममा देखिएको छ।

साभारः BBC Nepali Sewa

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  ९ : २२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने