२०८१, १७ बैशाख सोमबार

काभ्रेको चण्डेनीमा स्थानीयले गराए बाटो बन्द

काभ्रेको चण्डेनीमा स्थानीयले गराए बाटो बन्द


धुलिखेल, १५ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० चण्डेनीका स्थानीयले बाटो बन्द गराएका छन् । सरकारले लकडाउन गरेपनि गाउँमा नचिनेका मान्छेहरु ओहोर-दोहोर गरेको भन्दै स्थानीयले बाटो बन्द गराएका हुन् ।

उनीहरुले चण्डेनी चोकमै ढुंगा थुपारेर बाटो बन्द गराएका छन । सचेतनामा लागि बाटो बन्द गरिएको र एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनलाई नरोकिने स्थानीय सालिकराम श्रेष्ठले बताए । ‘कोरोना भाइरसको संक्रमण फैलने डरले घरभित्र बसिरहेका बेला केहि अपरिचित मानिसहरुले गाउँमा सवारी साधन लिएर प्रवेश गरे, श्रेष्ठले भने ‘त्यस पछि हामीले बाटो बन्द गराएका हाैँ, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन राकिने छैन् ।’

श्रेष्ठले लकडाउनका अर्थ बुझाउन पनि यसो गर्न आवश्यक रहेको बताए । ‘यो एउटा महामारी विश्वभर फैलिएको छ, उनले भने ‘यसको रोकथाम हामीले सबै मिलेर गर्ने हो, अनावश्यक रुपमा गाउँमा ओहोरदोहोर गर्दा पनि संक्रमण फैलन सक्छ ।’

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ६ : ५७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने