२०८१, १७ बैशाख सोमबार

धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा कोरोना भाइरसको उच्च सतर्कता

धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा कोरोना भाइरसको उच्च सतर्कता


धुलिखेल, ८ चैतः काभ्रेका दुई ठूला अस्पतालले कोरोनाभाइसरको संक्रमण विरुद्ध उच्च सतकर्ता अपनाएका छन् ।  धुलिखेल सामुदायिक अस्पताल र शीर मेमोरियल अस्पतालले उपचार गर्न आउने बिरामी र  आफ्नै कर्मचारीको पनि बाहिरै ज्वरो नाप्न थालेका छन् । त्यस्तै स्यानिटाइजरले हात धाेएर मात्रै भित्र पस्न पाइने ब्यवस्था गरेका छन् ।

करिब ३ सय ५० बेड क्षमताको धुलिखेल अस्पतालले कोरोना भाइसरका बिरामी राख्ने छुट्टै वार्ड बनाएको सुचना अधिकारी दिपन पोखरेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कर्मीका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) धुलिखेल अस्पतालाई पाँच थान प्राप्त भएको छ ।

त्यस्तै १५० बेड क्षमताको शीर मेमोरियल अस्पताल बनेपाले ५ बेडको आइसोलेसन कक्ष तयार गरेको छ । अस्पताले उचित मापदण्ड सहितको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको हो ।

धुलिखेल अस्पताललाई संघीय सरकारले कोरोना भाइरस परीक्षणका लागि आवश्यक सामग्री सहित तयारी थाल्न हिजो नै निर्देशन दिएको थियो । दुबै अस्पताले अत्यावश्यक काम बाहेक कर्मचारीलाइ बिदा दिएका छैनन् ।

तस्बिरः देवराज केसी

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ३ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने