२०८१, १७ बैशाख सोमबार

कच्चा तेलको मुल्यमा भारी गिरावट, एकै दिन २० प्रतिशतभन्दा बढीले घट्यो

कच्चा तेलको मुल्यमा भारी गिरावट, एकै दिन २० प्रतिशतभन्दा बढीले घट्यो


काठमाडौं २७ फागुनः विश्व बजारमा कच्चा तेलको भाउ २० प्रतिशतभन्दा बढीले घटेको छ । साउदी अरेबियाले एकतर्फी रुपमा घरेलु बजारमा तेलको भाउ घटाएसँगै सोमबार तेलको भाउमा ठूलो कमी देखिएको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन ९ओपेक० र उसका सहयोगी मुलुकको बीचमा तेल उत्पादन कटौतीबारे सम्झौता हुन नसकेपछि साउदीले एकतर्फी रुपमा तेलको भाउ घटाएको हो ।

समाचारमा बताइएअनुसार अहिले साउदी आफ्नो तेल उत्पादन पनि बढाउने तयारीमा रहेको छ । यसले तेल उत्पादक मुलुकको बीचमा मूल्यको युद्ध हुनसक्ने आशंका बढेको छ । ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल २२ दशमलव ०५ प्रतिशत घटेर ३५ दशमलव २९ डलरमा आइपुगेको छ । त्यस्तै अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको भाउ पनि प्रतिब्यारेल २२ दशमलव ८२ प्रतिशत घट्दै ३१ दशमलव ८६ प्रतिशतमा आइपुगेको छ ।

ओपेक र उसका सहयोगी मुलुकको बीचमा अत्यधिक उत्पादनको समस्याबारे विवाद देखिएको थियो । तेल उत्पादक मुलुकमध्ये साउदी अरेबियाको लागत सबैभन्दा कम छ । त्यसैले पनि उसले तेलको भाउ घटाउँदै उत्पादन बढाउने निर्णय गरेको हो । तर, यसको असर समग्र तेलको बजारमा परेको हो ।

साउदी अरेबियाले शनिबार तेल विक्री गर्दा उल्लेख्य छुट दिने र तेल उत्पादन दैनिक १ करोड ब्यारेलभन्दा बढी पुर्‍याइने बताएको थियो । अहिले साउदी अरेबियाले दैनिक ९७ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ । तर, उसको तेल उत्पादन क्षमता दैनिक १ करोड २५ लाख ब्यारेल छ ।

गत शुक्रबार भियन्नामा भएको ओपेक र उसका सहयोगी मुलुकको बैठकमा तेल उत्पादन अप्रिलदेखि १५ लाख ब्यारेल प्रतिदिनको दरले कटौती गर्ने प्रस्ताव अघि सारिएको थियो । तर, यो प्रस्ताव रुसले अस्वीकार गरेको थियो ।

यसअघि नै तेलको भाउ चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण कमजोर बन्न पुगेको अवस्थामा तेल उत्पादक मुलुकबीच बढेको तनावले तेलको भाउ घट्नमा अझै ठूलो सहयोग गरेको हो । विश्लेषकहरुले तेलको भाउ अझै कमजोर बन्नसक्ने भन्दै चेतावनी दिइसकेका छन् ।

तर, केहीले भने साउदी अरेबिया र रुसको बीचमा अझै पनि सहमति हुन सक्ने र यसले तेलको घट्दो भाउलाई उकास्न सहयोग पुग्ने बताएका छन् । यसअघि तेलको भाउ सन् २०१६ को जनवरीमा अहिलेसम्मकै कमजोर विन्दुमा आइपुगेको थियो ।

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ७ : ५९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने