२०८१, १७ बैशाख सोमबार

काभ्रेको चौरीदेउराली अध्यक्षकप फुटबलको उपाधी वडा नम्बर २ नाग्रेगगर्चेलाई

काभ्रेको चौरीदेउराली अध्यक्षकप फुटबलको उपाधी वडा नम्बर २ नाग्रेगगर्चेलाई


धुलिखेल, २० फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिकामा भएको अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीताको उपाधी वडा नम्बर २ नाग्रेगगर्चेले जितेको छ । वडा नम्बर ५ जागृति माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलबार सकिएको फाईनल खेलमा वडा नम्बर ३ माझीफेदालाई ४–० गोलले हराउदै वडा नम्बर २ ले उपाधि जितेको हो ।

प्रतियोगीतामा पहिलो हुदै वडा नम्बर २ नाग्रेगगर्चेले ५० हजार नगद, ट्रफि, प्रमाण पत्र र मेडल पाएको छ । दोस्रो भएको वडा नम्बर ३ माझीफेदाले २५ हजार र तेस्रो भएको वडा नम्बर ७ मादनकुडारीले १० हजार नगद पुरस्कार पाएको छ ।

अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीताको समापन कार्यक्रममा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ,प्रदेश सभा सांसद रत्न ढकाल,जिल्ला खेलकुद बिकास परिषद् काभ्रेका अध्यक्ष मान बिर लामा,गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम लगायत सहभागी भएका थिए ।

यसैबिच,पालिकामा मंगलबारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । बिभिन्न बिधाका खेलहरुमा नौ वटै वडाका विद्यालयहरु सहभागी हुने गाउँपालिकाका प्रवक्ता बिनोद घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ७ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने