२०८१, ९ बैशाख आईतबार

काभ्रेमा कोरोनाको पूर्वतयारी : धुलिखेल र शीर मेमोरियल अस्तालमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइने

काभ्रेमा कोरोनाको पूर्वतयारी : धुलिखेल र शीर मेमोरियल अस्तालमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइने


धुलिखेल २० फागुन : काभ्रेको बनेपामा भोलीदेखि हुने भनिएको औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव तत्काललाई स्थगित गरिएको छ । मंगलबार जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षमा बसेको जिल्ला स्तरीय बैठकले यस्तो निर्णय गरेको हो । घरेलु तथा साना उद्योग महासंघ काभ्रेले फागुन २१ देखि चैत २ गतेसम्मका लागि प्रदर्शनी आयोजना गरेको थियो ।

तर बैठकले मानिसको भिड हुने ठाउँमा कोरोना भाइसरको संक्रमण बढी हुन सक्ने भन्दै यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले होलि नखेल्न र मानिसको बढी भिड हुने सभा, सम्मेलन, बिवाह, ब्रतन्ध जस्ता कार्यक्रम नगर्न पनि जिल्लाबासीलाई अनुरोध गरेको छ ।

यसैबीच बैठकले धुलिखेल र शीर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । यसका लागि दुबै अस्पतासँग समन्वय गरेर काम अघि बढाउने बताइएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थालाई समेत उच्च सर्तकता अपनाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ५ : ०२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने