२०८१, १५ बैशाख शनिबार

सिंगटी–लामोसाँघु प्रसारणलाइन निर्माणमा देखिएको अवरोध झै हटेन

सिंगटी–लामोसाँघु प्रसारणलाइन निर्माणमा देखिएको अवरोध झै हटेन


धुलिखेल, १६ फागुनः सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयबासिन्दाले निर्माणमा अवरोध गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८ को बोझ र ९को झिंगानेमा भइरहेको अवरोधका कारण आयोजनाले ५ वटा टावरको निर्माण गर्न सकिरहेको छैन ।

तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा व्यवसाय प्रभावित हुने भन्दै बोझमा एउटा टावर खडा गर्न दिएको छैन । प्रसारण लाइनको रुट सार्नु पर्ने र त्यसो गर्न नसकिएमा मुआब्जा तथा क्षतिपूर्ति रकम बढाउन माग गर्दै स्थानीयले झिंगानेमा ४ वटा टावर निर्माण गर्न दिएका छैनन् ।

स्थानीय सन्तोष तामाङले आफ्नो जग्गामा टावर निर्माण गर्न नदिएपछि निर्माण प्रभावित भएको छ । ४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये ११७ वटाको जग हालिएको छ । १०७ वटा टावर खडा गरिएको छ ।

प्रकाशित मिति : २०७६, १६ फाल्गुन शुक्रबार  ७ : ३८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने