२०८१, १८ बैशाख मंगलबार

रोशी गाउँपालिकाद्वारा अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण

रोशी गाउँपालिकाद्वारा अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण


धुलिखेल, १५ फागुनः काभ्रेको रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र वितरण गरिसकेको बताएको छ । पालिकाले यसअघि पालिकाका ५४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई वडा वडामै पुगेर परिचय वितरण गरेको थियो ।

तर छुटफुट भएका थप ५ जनालाई पनि बिहीबार परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तोलाले जानकारी दिइन । ‘हामीले यसअघि वडा–वडामा पुगेर अपाङ्गता परिचयपत्र विरतण गरेको थियौँ, बाँकी केहिलाई पनि हामीले वितरण गरिसकेका छौं, उपाध्यक्ष बर्तोलाले भनिन्, ‘अझै कोहि छुट्नुभएको छ भने पालिकामा आउनुस्, हामी परिचयपत्र उपलब्ध गराउँछाैं ।’

अपाङ्गता परिचयपत्र पाउनेमा सबैभन्दा बढी जनजाति र दलित समुदायका छन् । वडामै पुगेर वितरण गर्दा छुटेकालाई पालिकाबाटै परिचयपत्र उपलब्ध गराउने ब्यवस्था मिलाइएको उपाध्यक्ष बर्तोलाले बताइन् ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ६ : २१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने