२०८१, ११ बैशाख मंगलबार

काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने

काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने


धुलिखेल, ९ फागुनः काभ्रेको बनेपामा औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । बागमती प्रदेश स्तरीय प्रदर्शनी तथा महोत्सवको आयोजना घरेलु तथा साना उद्योग महासंघ काभ्रेले गरेको हो । महासंघले शुक्रबार बनेपामा पत्रकार सम्मेलन गरिदिएको जानकारी अनुसार फागुन २१ देखि चैत २ गतेसम्म प्रदर्शनी चल्ने छ ।

प्रदर्शनीमा १ सय ७० वटा स्टलहरु रहने छन् । ८० हजारभन्दा बढीले अवलोकन गर्ने महासंघ काभ्रेका अध्यक्ष सुवासना श्रेष्ठले बताइन । प्रदर्शनीमा बागमती प्रदेशको १३ वाटै जिल्लाका महिला उद्यमी र कृषि ब्यवसायमा संलग्न उद्यमीहरु सहभागि हुनेछन् । ‘यो प्रर्दशनी काभ्रे जिल्लाका लागि मात्रै होइन्, हामीले सिँगो बागमती प्रदेशलाई समेट्ने छौँ, उनले भनिन् ‘महोत्सव आयोजक जिल्लाका हिसाबले हाम्रा उद्यमीहरुले फाइदा लिने कुरा अलिक बढी हुनसक्छ, तर सहभागिता सबै जिल्लाबाट उत्तिकै हुन्छ ।’

प्रदर्शनीको एकदिन लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामानको बजार पहुँच, प्रविधि प्रतिस्थापन, स्वदेशी वस्तुको प्रयोग, महिला उद्यमीहरुको अवस्था, अवसर र चुनातीका विषयमा अन्तक्रिया समेत हुनेछ । ‘हामी यो प्रदर्शनीलाई उत्पादित सामानहरु बिक्री गर्ने थलोको रुपमा मात्रै गरिरहेका छौँ, पहिलो कुरा प्रवद्र्धनको हो, अध्यक्ष सुवासना श्रेष्ठले भनिन्, ‘महिला उद्यमीहरुका छुट्टै समस्या, दीर्घकालिन रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा थप छलफल गरिनेछ ।’

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ६ : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने