धुलिखेल, ८ फागुनः दोलखाको भीमसेनलाई १७ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए ।
भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनको भनाई छ । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमा पूजा अर्चना गरेका छन् ।
प्रतिक्रिया