२०८१, १४ बैशाख शुक्रबार

तेमाल गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

तेमाल गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु


धुलिखेल, २३ माघः काभ्रेको तेमालमा गाउँपालिकामा अध्यक्षकप अन्तर वडा ब्यापी फूटबल प्रतियोगिता शुरु भएको छ । बिहीबार प्रतियोगिताको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले उद्घाटन गरे ।

उद्घाटनको पहिलो दिन वडा नं ४ ले वडा न. ७ लाई १–० गोलले पराजित गरेको छ । यस्तै अर्को खेलमा वडा नं ५ ले वडा नं ३ लाई २–० गोलले पराजित गरेको छ । आजको अन्तिम खेलमा वडा नं १ लाई वडा नं २ ले २ का विरुद्ध ३ गोलले पराजित गरेको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिए । प्रतियोगितामा पालिकाभित्रका ९ वटा वडाका ९ वटै टिम सहभागि छन् । प्रतियोगिता पर्सीसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रम बोल्दै जिसस प्रमुख केसीले तेमालमा भ्रमण वर्ष २०२० तथा ल्होछारको अवसर पारेर आन्तरिक पार्यटन प्रवर्दन गर्ने उदेश्यले आयोजना गरिएको फुटबल प्रतियोगिताले तेमाल गाउँपालिका भित्र रहेका यूवाहरुको प्रतिभालाई एकिकृत गरी नमुना तेमाल निर्माणका लागि युवालाई नै परिचालन गर्नुपर्ने बताए । यसैगरी पालिकाका अध्यक्ष सलाम सि तामाङले तेमाल गाउँपलिकाको विकासको मेरुदण्ड यूवा शक्ति भएकाले युवाको सर्वाङ्गण विकासका लागि खेलकुदको आयोजना गरिएको बताए ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डिबि लामाले तेमाल गाउँपालिकाबाट विकास निर्माणका नमुना कामहरु रोशी गाउँपालिकाले पनि अनुसरण गरेको बताए । उपाध्यक्ष दुर्गामाया तामाङले गाउँपालिकाको खेलकुद अभियानमा तेमालका सबै सरोकारवबालाहरुलाई सहयोग गर्न अनुरोध गरिन ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ६ : १८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने