२०८१, १६ बैशाख आईतबार

काभ्रेका यी स्थानीय तहमा तीन दिन सार्वजनिक विदा

काभ्रेका यी स्थानीय तहमा तीन दिन सार्वजनिक विदा


धुलिखेल, १० माघः तामाङ समुदायको सोनाम ल्होछार पर्व शुक्रबारदेखि सुरु हुदैँछ । ल्होछारको अवसर पारेर काभ्रेका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।

बाग्मती प्रदेश सरकारले काठमाण्डौ, ललितपुर र भत्तपुर बाहेक जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । जिल्लाको खानीखोला, रोशी, तेमाल र चौरीदेउराली गाउँपालिकाले तीन÷तीन दिन सार्वजनिक बिदा दिएका छन । शुक्रबारदेखि माघ आइतबारसम्म सार्वजनिक बिदा हुनेछ ।

धुलिखेल, बनेपा, पाँचखाल, पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले भने भोली मात्रै सार्वजनिक बिदा दिएका छन । त्यस्तै भूम्लु, महाभारत र बेथानचोक गाउँपालिकाले पनि शुक्रबार एकदिनका लागिमात्रै सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लामा १३ वटा स्थानीय तह रहेका छन् ।

यसैबीच सिन्धुपाल्चोक जिल्लाको लिसंखु—पाखर पालिकाले पनि ल्होछार पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिन्धुपाल्चोककै पाचँपोखरी थाङपाल गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, १० माघ शुक्रबार  ८ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने