२०८१, १५ बैशाख शनिबार

तामाङ साँस्कृतिक घेदुङमा छेवाङको नेतृत्वमा नयाँ समिति

तामाङ साँस्कृतिक घेदुङमा छेवाङको नेतृत्वमा नयाँ समिति


नेपाल तामाङ सांस्कृतिक घेदुङको छैठौं राष्ट्रिय सम्मेलनले छेवाङ तेञ्जिङ लामा अध्यक्ष रहेको नयाँ केन्द्रिय कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा क्रमशः सरोज लामा, उषा पाख्रिन र धावा वाङ्गेल लामा चयन भएका छन् । त्यस्तै महासचिवमा दोर्जे ल्हो तामाङ, सचिवमा क्रमशः क्रान्ति योञ्जन, विशाल योञ्जन र आशिष डुम्जन रहेका छन । कोषाध्यक्षमा रामकृष्ण लो चयन भएका हुन ।

संघीय सदस्यहरुमा नुवाकोटका योजम तामाङ, ओखलढुंगाका जीवन बम्जन रौटहतका बाबू जिम्बा, काभ्रेका रन्जना तामाङ, दोलखाका कुइसाङ रुम्बा, धादिङका एम जि तामाङ र सिन्धुपाल्चोकका आस्मान लोप्चन रहेका छन । केन्द्रिय कार्यसमिति र संघीय सदस्य सबै सर्वसम्मत चयन भएको हो ।

सम्मेलन बागमती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । सम्मेलनमा बोल्दै उपसभामुख तामाङले तामाङ समुदाय साँस्कृति रुपमा निकै धनी र सर्वोउत्कृष्ट भरहेको भन्दै यसलाई युवापुस्तामा हस्तान्तरण गर्न तामाङ सांस्कृतिक घेदुङको भूमिका महत्वपूर्ण रहेको बताइन । ‘हामी राज्यबाट त पछि पारिएकै समुदाय हौँ, तर हामी साँस्कृतिक रुपमा निकै धनी छौँ, उनले भनिन, यसलाई जोगाएर युवापुस्तालाई पनि आफ्नो संस्कृति, रहन, सहन सिकाउन आश्वयक छ, त्यो कामको नेतृत्व तामाङ सांस्कृतिक घेदुङको नेतृत्वले गर्नुपर्छ ।’

प्रकाशित मिति : २०७६, २ माघ बिहीबार  ९ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने