२०८१, १५ बैशाख शनिबार

काभ्रेमा समुदाय­–प्रहरी साझेदारी कार्यक्रमको बढ्दो प्रभावकारिता

काभ्रेमा समुदाय­–प्रहरी साझेदारी कार्यक्रमको बढ्दो प्रभावकारिता


धुलिखेल, २४ पुसः काभ्रेका गम्भीर प्रकृतिका घटनामा संलग्न अभियुक्तसम्म पुग्न समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको छ । प्रहरीले अपराध नियन्त्रणका लागि गत कार्तिकको दोस्रो साताबाट प्रहरी र समुदाय सँगसँगै मिलेर जाने अभ्यास थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार काभ्रेका कतिपय घटनाका अभियुक्त पत्ता लगाउन र अपराध खुल्न समुदायको महत्वपूर्ण सहयोग मिलेको छ । यस हिसाबले समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएपछि प्रहरीले स्कूल सम्पर्क कार्यक्रम समेत संचालन गरेको छ ।

जसमा विद्यार्थीलाई प्रहरीको डरबाट बाहिर ल्याउने, अपराधको छानवीन गर्ने, आधारभूत सुरक्षा, साइवसर अपराध, लागूऔषध लगायतका विषयमा जानकारी दिने गरिएको छ । अपराधीलाई कसरी नियन्त्रणमा लिने, हिरासतमा के कसरी राखिन्छ ? त्यसको प्रत्यक्ष अवलोकन गराउने, अनुसन्धान कसरी गरिन्छ ? जस्ता विषयमा विद्यार्थीलाई जानकारी दिएर राम्रो काम गर्नेलाई प्रहरीले साथी बनाउने र नराम्रो काम गर्नेलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित अदातलमा पु¥याउने माध्यम प्रहरी हो भनेर चिनाउने गरिएको छ ।

सामाजिक अपराध नियन्त्रणका लागि काभ्रे प्रहरीले हरेक ३ महिनामा नागरिक सुनवाईको काम पनि गर्दै आएको छ । सबै स्थानीय तहमा भएका यस्ता नागरिक सुनवाई कार्यक्रमबाट प्रहरीले उनीहरुबाट प्रत्यक्ष रुपमा गुनासो र सुझावहरुको संकलन गर्ने गरेको छ । नागरिक सुनुवाई कार्यक्रममा विशेषगरी जाँडरक्सी, होहल्ला, अशान्तिको नियमन र दुर्घटनामा तत्काल उद्धार गर्नुपर्ने जस्ता सुझावहरु प्रहरीलाई प्राप्त हुने गरेको छ ।

समुदायसँगै हिंड्ने प्रहरीको यो कार्यक्रमले अपराधीसम्म प्रहरी पुग्न नसकेको भन्ने गुनासोलाई समेत केही हदसम्म न्यूनीकरण गरेको पाइएको छ । त्यस्तै गुनासोकै बीच समुदायका केही सूचनाका आधारमा गत कार्तिक दोस्रो साता नमोवुद्ध नगरको दाप्चामा भएको दम्पती हत्यमा संलग्न अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरी र केन्द्रीय प्रहरी अनुसन्धानको संयुक्त टोलीले दाप्चा डराउनेपोखरी निवासी श्यामकृष्ण श्रेष्ठ र रुकुमाया श्रेष्ठको हत्यामा संलग्न रहेका २ जना अभियुक्तलाई गत साता नियन्त्रणमा लिन सफल भएका थियो । यो सँगै प्रहरीले नमोवुद्ध नगपालिकाकै कानपुरमा भएको हत्या घटनाको पनि अनुसन्धान गरिरहेको छ । यसअघि मण्डनदेउपुरकी सरिता दुलाल हत्याको पनि प्रहरीले सफलतापूर्वक अनुसन्धान गरेको डिएसपी गिरी बताउँछन् ।

जघन्य अपराधमा संलग्न अभियुक्तसम्म पुग्न प्रहरीलाई समुदायसँगको साझेदारीले सहयोग पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी गिरीका अनुसार प्रहरीले घरेलु हिंसा, साइवर अपराध, शान्ति सुरक्षा र दुर्घटना न्युनीकरणमा सफलतापूर्वक विभिन्न गतिविधी गर्दै आएको छ । उहाँकाअनुसार आत्महत्या र बहुविवाहका घटना जिल्लामा बढेका छन् ।

नगदेबालीमा हाल्ने किटनाशक औषधी र घरेलु हिंसाका कारण आत्महत्या बढ्ने गरेको छ । वर्तमान कानुनले बहुविवाह कायम नहुने भएपछि प्रहरीसम्म घटनाहरु बाक्लै आउने गरेको छ । मुद्दा चलाएपछि र सम्बन्ध विच्छेद गरेपछि मात्रै दोस्रो विवाह हुने वर्तमान व्यवस्था अनुसार घटना प्रहरीसम्म आइपुग्ने गरेका हुन् ।

प्रहरीले सकेसम्म केटीले नयाँ वर खोजेर बाटो लागोस भनी धरौटीमा छाडिने गरिए पनि केटालाई कानुनअनुसार कारबाही गर्ने गरिएको छ ।  अहिले बहुविवाहमा संलग्न हुनेलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० देखि ५० हजारसम्म जरिवाना भराउने व्यवस्था कानुनले गरेको छ ।

प्रकाशित मिति : २०७६, २४ पुस बिहीबार  ८ : ५६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने