२०८१, १७ बैशाख सोमबार

काभ्रेमा एकैदिन तीन दुर्घटना: पाँचजनाको ज्यान गयो

काभ्रेमा एकैदिन तीन दुर्घटना: पाँचजनाको ज्यान गयो


धुलिखेल, २४ पुसः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ थुम्कीमा स्काभेटर दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । विहीबार विहान पाटीखर्कबाट बल्थलीको ख्याकु जाने सडक निर्माणको काम गर्दै आएको स्काभेटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पनौती नगरपालिका वडा नम्बर ११ कोे १६ बर्षीय राउत के.सी. र सिन्धुपाल्चोक जिल्ला घर भई हाल पनौतीस्थित दिदीको घरमा आएका १५ बर्षीय रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्काभेटर सलान्दु खोला खेसेको थियो । दुर्घटनामा स्काभेटर चालक पनौती नगरपालिका वडा नम्बर ७ का २७ बर्षीय जीबन ताम्राकार घाइते हुनुभएको छ । टाउको, मुख र हातमा चोट लागेका ताम्राकारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

विहीबार दिउँसो नै वीपी राजमार्ग अन्तर्गत पर्ने नमोवुद्ध नगरपालिकाको वडा नं. २ सेल्फीडाँडामा धुलिखेलबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको वोल्डवाईल्ड कन्ट्रक्शन प्रा.लि. काठमाडौंको आइचर ट्रिफर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा २ क ५ नम्बरको मिनी आईचर ट्रिफर अनियन्त्रित भई सडकबाट २ सय ५० फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिएका छन् । दुर्घटनामा ट्रिफरका चालक मकवानपुर टिस्टुङ पालुङका वर्ष २३ का अस्विन विष्ट र सडक विभाग बोल्ड वाईल्ड कन्ट्रक्शन प्रा.लि. काठमाडौंका सुपर भाईजर ललितपुर चुनीखेल बस्ने वर्ष २२ का बिशाल खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच रोशी गाउँपालिका वडा नम्बर ९ को पानान्चेमा बोलेरो गाडी दुर्घटना हुदाँ १ जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पानान्चेका १२ बर्षीय अलिन रानामगरको अस्पतालमा मृत्यु भएको हो ।

पानान्चेकै सती कुमारी पीठाकोटेको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । बोलेरो चालक रोशी गाउँपालिका वडा नम्बर ६ का २३ बर्षीय टंकमान लामा पनि घाइते भएका छन् । बा.५ च.५०७४ नम्बरको बोलेरो चालक लामाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २४ पुस बिहीबार  ४ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने