२०८१, १५ बैशाख शनिबार

हेटौँडामा नेकपा सांसदले पार्टी ह्वीप नमान्ने चेतावनी दिएपछि इञ्चार्ज काठमाण्डौमा

हेटौँडामा नेकपा सांसदले पार्टी ह्वीप नमान्ने चेतावनी दिएपछि इञ्चार्ज काठमाण्डौमा


धुलिखेल, २१ पुसः निकै पेचिलो बनेको प्रदेश नम्बर ३ को स्थायी केन्द्र र नामांकनका विषयमा पार्टी केन्द्रका ह्वीप सांसदहरुले नमान्ने देखिएपछि नेकपा प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य काठमाण्डौ आइपुगेकी छन् ।

सोमबार बस्ने भनिएको प्रदेशसभाको पाँचौ अधिवेशन समेत दुईदिन पछि सारेर इञ्चार्ज शाक्यसँगै अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल काठमाडौं आएका हुन । दुई अध्यक्षसँग छलफल गरेर मात्रै अघि बढ्न मनसायका साथी इञ्चार्ज सहितको पदाधिकारी काठमाण्डौ आएको बुझिएको छ । तर पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड रिफ्रेसका लागि भन्दै सोमबार सिन्धुपाल्चोक पुगेका छन ।

राजधानीको स्थायी केन्द्र तोक्न नेकपा सचिवालयले दिएको निर्देशन प्रदेश सांसदले नमान्ने देखिएपछि पुनः नेतृत्वसँग छलफल गर्न नेकपा प्रदेश ३ का पदाधिकारी काठमाण्डौ आएका हुन् । उनीहरुले अब शीर्ष नेतृत्वसँग छलफल गर्ने बुझिएको छ ।

काभ्रेका पाँचै जना सांसद सचिवालयको निर्देशनको विपक्षीमा उभिएका छन । त्यस्तै धादिङका राजेन्द्र पाण्डे, दोलखाका पशुपति चौलागाई, रचना खड्का, शान्ति पौडेल लगायत पूर्व एमाले तर्फका नेताहरुले पनि प्रदेश संसदीय दलको बैठकमा पार्टी हृवीप नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिइसकेका छन ।

सिन्धुली, मकवानपुर र चितवनका प्रदेशसभा सांसदले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु पर्ने धारणा राखेका छन् । त्यस बाहेकका अन्य जिल्लाका नेकपा सांसदले पार्टी ह्वीप नमान्ने चेतावनी दिएका छन ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ७ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने