धुलिखेल, २१ पुसः काभ्रेको पाँचखाल नगरपालिकाले वडा नम्बर ११ मा २५ ओटा हाते ट्याक्टर बितरण गरेको छ । गोरुको बिकल्पका रुपमा खेतवारी जोत्न ५० प्रतिशत अनुदानमा ट्याक्टर बितरण गरिएको वडाध्यक्ष शिवसरल लामाले जानकारी दिए । वडामा सोमबार एक कार्यक्रमको आयोजना गरी ट्याक्टर हस्तान्तरण गरिएको हो ।
किसानलाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरी नगारपलिकाले कृषक समूहलाइ ट्याक्टर बितरण गरेको हो । यसअघि वडा नम्बर ६ मा ५० ओटा बितरण भईसकेको छ । ट्याक्टर अनुदानमा पाएसँगै किसानहरु खुशी भएका छन् ।
वडा नम्बर ९ ले २५ ओटा बितरण गर्ने तयारी गरीरहेको छ भने वडा नम्बर ८ मा ३० ओटा वटाभन्दा बढी निवेदन परेको छ । नगरका अरु वडामा पनि बितरणको काम भईरहेको कार्यबाहक नगरप्रमुख सञ्जय लामाले बताए ।
यसैबिच,वडा नम्बर १३ र लभ ग्रीन नेपालकोे सहकार्यमा पाँच दिने आईपिएम पाठशाला कार्यक्रम सोमबार सम्पन्न भएको छ । रासायनिक विषादीको विकल्पमा जैविक तथा वानस्पतिक विषादी प्रयोग गर्ने बारे किसानलाई जानकारी दिइएको थियो ।
रासायनिक विषादीको अनियन्त्रित प्रयोगले किसान तथा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असरका कारण जैविक तथा वानस्पतिक विषादी प्रयोगमा जोड दिने लागायतका जानकारी किसानलाई दिईएको थियो । करिब ३१ जना किसान पाठशाला सहभागी भएका थिए ।
प्रतिक्रिया