२०८१, १४ बैशाख शुक्रबार

पात्लेखेतको हनुमान माविमा थपियो नयाँ भवन

पात्लेखेतको हनुमान माविमा थपियो नयाँ भवन


धुलिखेल, ९ पुसः धुलिखेल नगरपालिकाको वडा नम्बर ११ मा रहेको हनुमान माध्यमिक विद्यालयमा नयाँ भवन थपिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखा धुलिखेलको आर्थिक सहयोगमा भवन बनेको हो ।

निर्माण पूरा भएको भवन आज एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जुले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ । विद्यालयमा ४ कोठे पक्की भवन थपिएको हो । ‘भूकम्पपछि नयाँ भवन बनाउन जुटे जस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पनि तपाईहरु एक भएर जुट्नोस, नगरप्रमूख श्रेष्ठले भने ‘शिक्षा हाम्रो जग हो, शिक्षा राम्रो भयो भने समाज राम्रो हुन्छ, समाज राम्रो हुनुभनेको सम्मुन्त धुलिखेल बन्नु हो ।’

नयाँ भवन थपिएसँगै विद्यार्थीलाई पठनपाठनमा सजिलो हुने वडाध्यक्ष विष्णु धितालले बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न अभिभावक, शिक्षक र विद्यार्थी तीन पक्षले नै हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘अभिभावकले आफ्नो बालबालिकाको पठनपाठनका बारे चासो लिइन रहनु पर्छ, शिक्षकले बालबालिकाको रुचिलाई ध्यानमा राख्दै नयाँ नयाँ शिक्षण बिधि अपनाउनुपर्छ, अनि बालबालिकाले मेहनत गर्नुपर्छ ।’

भवन निर्माणमा ६७ लाखभन्दा बढी खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखा धुलिखेलका प्रमूख द्धारिका प्रसाद पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ९ पुस बुधबार  ३ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने