२०८१, १० बैशाख सोमबार

बनेपामा भक्तेश्वर मार्ग स्तरउन्नतिको काम सुरु

बनेपामा भक्तेश्वर मार्ग स्तरउन्नतिको काम सुरु


धुलिखेल, ३० मंसिर काभ्रेको बनेपा नगरपालिका वडा न.६ मा रहेको भक्तेश्वर मार्ग स्तरउन्नतीको काम सुरु भएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद बसुन्धरा हुमागाईले मार्ग स्तरउन्नती गर्ने कामको सुरु गर्नुभएको हो । ६० लाख २६ हजार ४ सय ६२ रुपैयाँमा ठेकेदार मार्फत ढल बिछ्याउने र सडक फराकिलो पार्ने काम हुने वडाध्यक्ष सचितानन्द केसीले बताउनुभयो ।

२०७७ साल बैशाख महिनाभित्र ४ सय मिटर लामो यो मार्ग स्तरन्नति भइसक्नेछ । प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट स्तरउन्नती हुन लागेको यो सडक ३६ फिट चौडाईको बन्ने छ ।

शिलान्यास कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उपप्रमूख रेखा सापकोटा दाहाल, वडा नम्बर ५ का वडाध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ वडाध्यक्ष बर्ण शाक्यका साथै स्थानीयहरु सहभागि हुनुभएको थियो ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  १ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने