धुलिखेल, २८ मंसिर : जिल्ला बाल क्लब सञ्जाल काभ्रेले शनिबार नयाँ नेतृत्व पाउँदै छ । बनेपाको बुडोलमा चालिरहेको पाँचौ जिल्ला बाल बेला मार्फत सञ्जालले नयाँ नेतृत्व छनौट गर्न लागेको हो ।
हिजोबाट सुरु भएको बाल भेलाको उद्घाटन सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गर्ने छन् । भेलामा जिल्लाको १३ स्थानीय तहबाट करिब ६० जना बालबालिका प्रतिनिधिका रुपमा सहभागि रहेको बाल क्लब सञ्जालका अध्यक्ष रञ्जन पौडेलले बताए ।
त्यस्तै बालबालिकाका संरक्षक, बाल गृहबाट समेत प्रतिनिधि सहभागि छन । उद्घाटन सत्रपछि हुने बन्द सत्रबाट नयाँ नेतृत्व चुनिने छन । बाल भेला शुक्रबारबाट सुरु भएको हो ।
प्रतिक्रिया