२०८१, १० बैशाख सोमबार

काभ्रेमा खानेपानीको ८५ वटा नयाँ योजना थप, पुरानो योजना कतै अलपत्र, कतै जीर्ण

काभ्रेमा खानेपानीको ८५ वटा नयाँ योजना थप, पुरानो योजना कतै अलपत्र, कतै जीर्ण


धुलिखेल, २६ मंसिर: काभ्रे जिल्लाभर यो वर्ष पनि ८५ वटा खानेपानीका नयाँ आयोजना सञ्चालनमा आएका छन । खानेपानी तथा सरसफाई डिभिजन मार्फत चालृु आर्थिक वर्ष २०७६÷७७ मा ८५ वटा नयाँ योजना थपिएको हो ।

प्रदेश सरकार, ससर्त अनुदान र खानेपानी गुणस्तर तर्फका योजना थपिएका हुन् । ५० लाख देखि २१ करोडसम्मको योजना थपिएको धुलिखेलस्थित खानेपानी तथा सरसफाई डिभिजन अन्तर्गतको स्टोर तथा सम्पर्क कार्यालयका इन्चार्ज ओमहरि ताम्राकारले जानकारी दिए ।

५० लाख लागतको खानेपानी आयोजना कुशादेवीमा सञ्चालन भइरहेको छ । यो योजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै २१ करोडको ४ वटा खानेपानी आयोजना नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको छ । हरेक योजना तीन वर्षभित्र सकाउनुपर्ने हुन्छ ।

तर समयमै पैसा निकास नहुने, ठेक्कदारले राम्रो काम नगर्ने जस्ता समस्याका कारण जिल्लाका धेरै आयोजना लम्बिदै जाने गरेका छन् । त्यस्तै यसअघिका धेरै योजनाहरु मर्मत हुन सकेका छैनन् । कतिपय योजनाहरु अलपत्र छन् ।

अहिले खानेपानीका अधिकांश आयोजनाहरु स्थानीय तहले नै सञ्चालन गर्ने भएकाले कुन योजना अलपत्र छन् भन्ने कुराको यकिन तथ्याङक नरहेको स्टोर तथा सम्पर्क कार्यालय इन्चार्ज ताम्राकारले बताए ।

प्रकाशित मिति : २०७६, २६ मंसिर बिहीबार  ८ : १६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने