२०८१, १५ बैशाख शनिबार

धुलिखेलको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन

धुलिखेलको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन


धुलिखेल, २२ मंसिर काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ मा रहेको गोल्मा देवी आधारभूत विद्यालयमा नयाँ भवन बनेको छ ।

भूकम्प प्रतिरोधात्मक नयाँ चार कोठे भवनको आइतबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यञ्जुले उद्घाटन गर्नुभएको हो । ‘हामी हाम्रो नगरभित्रका कोहि पनि बालबालिका असुरक्षित भवनमा बसेर पढ्न नपरोस भनेर लागिपरेका छौँ, नगरप्रमूख ब्याञ्जुले भने ‘सुरक्षित विद्यालय भवनसँगै गुणस्तरीय शिक्षालाई पनि नगरपालिकाले पहिलो प्राथमिकतमा राखेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेको ३६ लाख र धुलिखेल नगरपालिकाको ७ लाख आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको वडा नम्बर १ का वडाध्यक्ष रमेश प्रसाद घोरासैनीले जानकारी दिए ।

२०७२ सालको भुकम्पमा विद्यालयको भवन भत्किएपछि नयाँ बनाइएको हो । विद्यालय भवन बनेपछि अस्थायी सिकाई केन्द्रमा पढ्दै आएका बालबालिकालाई सजिलो भएको छ । विद्यालयमा सय जना विद्यार्थी पढ्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७६, २२ मंसिर आईतबार  ८ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने