२०८१, २२ बैशाख शनिबार

पनौती नगरपालिका साक्षर नगर घोषणा, काभ्रेमा अझै १० प्रतिशत निरक्षर

पनौती नगरपालिका साक्षर नगर घोषणा, काभ्रेमा अझै १० प्रतिशत निरक्षर


धुलिखेल, २० मंसिर काभ्रेको पनौती नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर घोषणाले नगरपालिकालाई थप हौसला मिलेको नगरप्रमूख भिम प्रसाद न्यौपानेले बताए । उनले कतिपय बस्तीमा अझै पनि निरक्षर छन भने त्यस्ता बस्तीका लागि नगरपालिकाले विशेष ब्यवस्था गरेर भएपनि पूर्ण सारक्षता पालिका बनाउने काम अघि बढ्न सबैसँग आग्रह गरे । ‘साक्षरता दिगो विकासको एक अभिन्न अंग हो, उनले भने ‘पालिकाका सबै साक्षर भए मात्रै समृद्ध पनौती नगर बनाउन मद्दत पुग्छ ।’

पनौती नगरपालिकासँगै जिल्लाको ७ वटा स्थानीय तह साक्षर घोषणा भएका छन् । घोषणा कार्यक्रममा संघीय सासंद गंगा बहादुर दोङ, पूर्व सभासद रामहरी सुवेदी, जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसी, नगरपालिकाका उपप्रमूख गीता बञ्जारा लागयत सहभागि थिए ।

जिल्लाको धुलिखेल, मण्डनदेउपुर र बनेपा नगरपालिका साक्षर नगरपालिका यसअघि नै साक्षर घोषणा भइसकेका छन । त्यसैगरी भूम्लु, खानीखोला र तेमाल गाउँपालिका पनि साक्षर पालिका घोषणा भएका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये अब चौरीदेउराली, रोशी, महाभारत र बेथानचोक गाउँपालिका त्यस्तै पाँचखाल र नमोबुद्ध नगरपालिका साक्षर हुन बाँकी छन ।

आफ्नो पालिकाको १५ देखि ६० वर्ष उमेर समूहको जम्मा निराक्षर ब्यक्तिको ९५ प्रतिशत भन्दा बढी जनसंख्या साक्षर भएपछि मात्रै साक्षर घोषणा गर्न मिल्ने ब्यवस्था सरकारले गरेको छ । राजधानीबाट सबैभन्दा नजिकको जिल्ला भएरपनि काभ्रे अझै साक्षरता युक्त जिल्ला बन्न सकेको छैन । जिल्लामा १० प्रतिशत नागरिक निरक्षर भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमूख गोकर्णध्वज कार्कीले बताए । उनका अनुसार पाँचखाल नगरपालिका साक्षर घोषणाको तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ७ : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने