२०८१, ५ आश्विन शनिबार

तेमाल गाउँपालिकाको ३ वटा वडाले सकाए योजना सम्झौता

तेमाल गाउँपालिकाको ३ वटा वडाले सकाए योजना सम्झौता


धुलिखेल १८, मंसिर: काभ्रेको तेमाल गाउँपालिकाका ३ वटा वडा कार्यालयले योजना सम्झौता सकाएका छन् । मंगलबार वडा नम्बर २ मा एक कार्यक्रमको आयोजना गरी भौतिक निर्माण तर्फका योजनाहरु सम्झौता गरिएको वडाध्यक्ष तिमाल सिं तामाङले जानकारी दिए । उनका अनुसार वडास्तरको १६ वटा योजानाहरु सम्झौता गरिएको हो ।

यसैबीच सोमबार वडा नम्बर १ को वडा कार्यालयले एकै दिन २४ वटा भौतिक निर्माण तर्फका योजना सम्झौता गरेको थियो । चालु आर्थिक वर्षका लागि वडा कार्यालयले भौतिक निर्माण तर्फका योजनाहरु सम्झौता गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए । सम्झौता भएका योजनाहरुमा सडकदेखि वडा कार्यालयको भवन निर्माणसम्मका छन् । १० वटा सडक, २ वटा खानेपानी, ४ वटा मन्दिर लगायतका योजना सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि वडाले २८ वटा योजना छनौट गरी बजेट विनियोजन गरेको थियो । सम्झौता भएको योजनाहरुमा १ लाख देखि ४० लाखसम्मका छन् । सम्झौता भएका योजनाको अवधि २०७६ चैत मसान्तसम्म तोकिएको छ । वडा नम्बर १ मा भौतिक निर्माणका बाहेक अन्य योजना भने सम्झौता भएका छैनन ।

वडाध्यक्ष श्रेष्ठले वडास्तरीय कृषि, पशु औषधी ब्यवस्थापन, महिला सीप विकास, दलित आयआर्जन र तामाङ साँस्कृतिक प्रवद्र्धन सम्बन्धी योजना सम्झौता नभएको बताए । यी कार्यक्रमको लागत अनुमान, प्रस्तावना र कोटेश्न तयार भएपछि क्रमशः सम्झौता हुदैँ जाने योजना शाखाका प्रमूख राज कुमार तामाङको भनाई छ । तामाङका अनुसार वडा नम्बर ३ र ४ मा आाइतबार योजना सम्झौता हुनेछ । बाँकी वडाहरुमा पनि वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिने उपाध्यक्ष दुर्गामाया तामाङले बताइन् । ‘स्थानीयलाई पालिकासम्म जान नपरोस भनेर वडा कार्यालयमै हामी पुगेका हौ, उनले भनिन् ‘आफ्नै गाउँको योजना आफ्नै ठाउँमा सम्झौता गर्दा सजिलो पनि भयो, छिटो पनि ।’

त्यसैगरी वडा नम्बर ६ पनि यो जना सम्झौता सकिएको छ । ६ वटा योजना सम्झौता भएको छ । मंसिर १० गते वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिएको हो । तेमाल गाउँपालिकामा ९ वटा वडा रहेका छन ।

तेमाल गाउँपालिकाले वडामै पुगेको योजना सम्झौता सुरु गरेको हो । योजना सम्झौताका लागि पालिकाबाट उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल र योजना शाखाका प्रमूख राज कुमार तामाङ सहितको टोली वडा कार्यालयमै पुग्ने गरेको छ ।

प्रकाशित मिति : २०७६, १८ मंसिर बुधबार  १ : ३७ बजे

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक कला

प्रहरी निरीक्षक सनम मल्ल भारतमा पुरस्कृत

काठमाडौं ।  मित्रराष्ट्र भारतको सरदार बल्लभ भाई पटेल राष्ट्रिय पुलिस

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको