२०८१, १५ बैशाख शनिबार

रोशी गाउँपालिकामा अर्को पनि स्वास्थ्य इकाई थपिने

रोशी गाउँपालिकामा अर्को पनि स्वास्थ्य इकाई थपिने


धुलिखेल, १६ मंसिर : काभ्रेको रोशी गाउँपालिकाले वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाई थप्ने भएको छ । वडा नम्बर ३ मा सरकारको कुनै पनि स्वास्थ्य संस्था नभएको भन्दै कार्यपालिका बैठकले स्वास्थ्य इकाई स्थापना गर्ने निर्णय गरेको हो ।

१२ वटा स्वास्थ्य संस्था रहेको पालिकाको वडा नम्बर १२ र ९ मा पनि स्वास्थ्य इकाई मार्फत सेवा प्रदान हुदैँ स्वास्थ्य शाखा संयोजक गंगा बहादुर श्रेष्ठले जानकारी दिए । पालिकाको वडा नम्बर १० को उपस्वास्थ्य चौकी स्तरउन्नती हुन सकेको छैन भने बाँकी वडामा भने स्वास्थ्य चौकी मार्फत स्थानीय स्वास्थ्य सेवा पाइरहेका छन् ।

मंगलटार र खार्पाचोक बाहेक अन्य स्वास्थ्य चौकी कच्ची भवनबाटै सञ्चालन भइरहेको छ । खार्पाचोकको स्वास्थ्य चौकी निर्माणको अन्तिम चरणमा पुगेको छ । खार्पाचोक स्वास्थ्य चौकीले पनि बर्थिङ सेन्टर र एम्बुलेन्स सेवा सञ्चालन गर्ने बनाइरहेको स्वास्थ्य चौकी निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष कल्पना तामाङ बताइन् ।

यसैबीच निर्माणधिन स्वास्थ्य चौकीको आज ट्रान्सफरेन्सी इन्टरनेश्नल नेपालको टोलीले अवलोकन गरेको छ । ट्रान्सफरेन्सीको काभ्रे जिल्ला अधिकृत गंगा लामाको टोलीले स्वास्थ्य चौकीको अवलोकन गरेको हो । अवलोकन टोलीलाई खार्पाचोक स्वास्थ्य चौकीका प्रमूख मदन पौडेलले स्वास्थ्य चौकी निर्धारित समयमै सकिने र गुणस्तरीय सामानको प्रयोगले बालियो पनि रहेको बताए । ‘स्वास्थ्य चौकीलाई निर्धारित समयमा सम्पन्न गराउन यहाँका उपभोक्ता, निर्माण ब्यवसायी कम्पनी निकै खटिरहेका छन्, प्रमूख पौडेलले भने ‘भवन निर्माण पूरा भएपछि २४ सै घण्टा सेवादिन सजिलो हुन्छ ।’

२ करोड, ३७ लाख, ६४ हजार ५४९ रुपैयाँ लागतमा निर्माण भइरहेको भवन क्वाटर सहितको हो ।

प्रकाशित मिति : २०७६, १६ मंसिर सोमबार  ७ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने