२०८१, १५ बैशाख शनिबार

टेनिसमा थापा विजयी

टेनिसमा थापा विजयी


काठमाण्डौ ४ असोज: पोखरामा आजदेखि शुरु भएको एनआइसी एशिया बैंक नेपाल आइटीएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा कमल थापाले विजयी शुरुआत गरेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा राप्रपाका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री थापाले ५५ वर्षमाथिको एकलतर्फ भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–० र ६–२ अङ्कले पराजित गर्नुभएको हो । यस्तै आजको अन्य खेलमा पोखराका भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुस्लिमलाई ६–०, ४–६ र ६–० अङ्कले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

यस्तै ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२ र ६–२ अङ्कको जित निकाले । अर्को खेलमा उत्तम बोगटीलाई पोखराका विकास गुरुङले ६–३ र ६–१ अङ्कले हराए । यसैगरी ३५ वर्षमाथिको उमेर समूहमा सञ्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३ र ६–० अङ्कले पराजित गरे । अर्को खेलमा अशोक गुरुङ घाइते भएका कारण पोखराका विकास गुरुङले अर्को चरण प्रवेश गरे ।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न उमेर समूहका ५२ खेलाडी सहभागी छन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दैै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले टेनिस प्रतियोगिताले पोखराको खेल पर्यटनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । टेनिस सङ्घका अध्यक्ष दोर्जे लामाले वर्षेनी आयोजना गरिने प्रतियोगिताले टेनिसको विकास र विस्तारसँगै पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता असोज ८ गतेसम्म चल्नेछ । RSS

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ७ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने