२०८१, ६ जेष्ठ आईतबार

नेकपा मदनवादी समुहलाई अध्यक्ष दाहालद्वारा नेकपामा स्वागत

नेकपा मदनवादी समुहलाई अध्यक्ष दाहालद्वारा नेकपामा स्वागत


काठमाडौं, २२ भदौ : नेपाल कम्युनिष्ट पार्टीको एउटा समुह आज सत्ताधारी पार्टी नेकपामा प्रवेश गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गर्ने नेपाल कम्युनिस्ट पार्टी मदनवादी समुहलाई नेकपामा स्वागत गरेका छन् । आज अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा आयोजित एक समारोहमा सो समूहलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले देशको समृद्धि र समाजवादको लक्ष्य पूरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताएका थिए । उनले नेकपामा समाहित हुने निर्णय सही भएको र अन्य समूहलाई समेत सङ्गठित र एकीकृत गर्दै लैजाने विश्वास दिलाए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विस्तार गरिने उनको भनाइ थियो । अध्यक्ष दाहालले उक्त अवसरमा पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेवारी सबै कम्युनिष्टको काँधमा आएको पनि बताए ।

मदनवादी समूहका प्रवक्ता विष्णुप्रसाद ढुङ्गानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेकपामा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता देखिएकाले आफूहरु नेकपामा समाहित भएको बताएका थिए ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ८ : ०२ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको