२०८१, ६ जेष्ठ आईतबार

टेलिकमको मोबाइल सेवामा समस्या देखिने

टेलिकमको मोबाइल सेवामा समस्या देखिने


काठमाडौं, २१ भदौ : नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् ।

कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

शनिबार राति ११।३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ७ : ०३ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको