२०८१, ६ जेष्ठ आईतबार

एक महिनादेखि नेपाल प्रहरीकै कम्प्युटर ह्याक : गोप्य डकुमेन्ट नियन्त्रणबाहिर

एक महिनादेखि नेपाल प्रहरीकै कम्प्युटर ह्याक : गोप्य डकुमेन्ट नियन्त्रणबाहिर


काठमाडौं १९ भदौ : एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो ।

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो । ‘एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन । अनुसन्धान निकै जटिल देखिएको छ,’ स्रोतले भन्यो ।

कम्प्युटरका डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन । केही दिनमै परिणाम आउने अपेक्षामा प्रहरी छ ।

ब्युरो प्रमुख डिआइजी विकास श्रेष्ठले प्राविधिक पाटो भएकाले प्राविधिज्ञसँग बुझेर मात्रै जानकारी दिन सकिने बताए । ‘कतिपय काम प्राविधिकबाट हुन्छ । के भइरहेको छ, यस सम्बन्धमा म जानकार भइनँ । प्राविधिकसँग बुझेर मात्रै यसबारे बोल्नुपर्ने हुन्छ । थप कमेन्ट नगरौँ,’ उनले भने ।

प्रतिष्ठानका प्रवक्ता एसपी तारादेवी थापाले तालिम केन्द्रको कम्प्युटर प्रधान कार्यालयबाटै रिकभर भइरहेको बताइन् । उनले भनिन्, ‘तालिम केन्द्रका कम्प्युटरमा केही समस्या आएको सुनेकी हुँ । यसको रिकभर हेडक्वार्टरबाटै हुने हो । त्यो भइरहेको होला । यस सम्बन्धमा नयाँ के भइरहेको छ, जानकारी भएन ।’

प्रहरीका अनुसार यस्ता आक्रमण नेपालमा खासगरी भूकम्पका वेला धेरै भएका थिए । त्यतिवेला राष्ट्रपति कार्यालयदेखि नेपाली सेनाका कम्प्युटरमा समेत साइबर हमला भएको थियो ।

पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्–नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी टिम नहुँदा साइबर हमलाको जोखिम सधैँ छ

साइबर अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी इन्सिडेन्ट रेस्पोन्स टिम (सर्ट) छैन । यो साइबर हमलासम्बन्धी अनुसन्धान गर्ने इन्फर्मेसन टेक्नोलोजीसँग सम्बन्धित व्यावसायिक समूह हो । ‘सर्ट’ले हमलाअघि नै सूचना दिने, हमलापछि पनि अनुसन्धान गर्ने र साइबर हमला हुनबाट बच्ने तरिका सिकाउँछ । संसारका विकसित मुलुकका सबै प्रहरी संगठनसँग ‘सर्ट’ टिम छ । तर, नेपाल प्रहरीसँग छैन । टेकराज थामी नयाँ पत्रिका दैनिक

प्रकाशित मिति : २०७६, १९ भाद्र बिहीबार  ७ : ३० बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको