२०८१, १६ बैशाख आईतबार

बिजुली पुगेपछि स्थानीयमा खुसीयाली

बिजुली पुगेपछि स्थानीयमा खुसीयाली


कातार्जे रोशी, १७ भदौ । बिलुली बत्ति बलेपछि वर्षौंदेखि टुकी वत्तिको सहारामा गुजारा गरिरहेका रोशी १२ शिखरपुरका स्थानीयको अनुहार बिजुली जस्तै चम्कियो ।

तेमालसम्म आइपुगेको विद्युतलाई गत भदौ ११ गते रोशी तारेर महाभारत चढाउन प्रयासरत नयाँकिरण विद्युत सहकारी संस्था सफल भएपछि स्थानीयमा यो खुसी देखिएको हो । शिखरपुरका स्थानीयमा देखिएको खुसीभन्दा पनि धेरै खुसी देखिए रोशीकै वडा नं. ११ कातार्जेका साना वालवालिका ।

त्यस्तै २०५४ मा तत्कालिन भीमखोरी गाउँ विकास समिति वडा नं. ६ बाट निर्वाचित मिन्दुपाकी ७६ बर्षीय महिला सदस्य डम्बर कुमारी रुचाल आफ्नो गाउँमा राखिएको ट्रान्सफरमरमा बिजुली बत्ति बलेपछि हर्षित हुँदै भनिन्, ‘बाल्यो है चन्द्रमायाले बिजुली ।’ भीमखोरीको दुर्गम वस्तीमा अहिले बिजुली बत्ति बलेपछि स्थानीको घरको कोठा मात्रै उज्यालिएको छैन त्यो भन्दा बढी बिद्युत उपभोक्ताको मुहार उज्यालो देखिएको छ ।

यसअघि भीमखोरीका ग्रामीण केही वस्तीमा साना लघु जलविद्युत आयोजनाहरुबाट बिजुली बत्ती बालिएको भए पनि त्यसमा उपभोक्ताले सास्ती खेप्नु परिरहेको थियो । वर्षेनी मर्मत संहारमा जुट्नुपर्ने समस्याले गर्दा उनीहरुले हैरानी खेप्दै आएका थिए । त्यसमा पनि लघु जलविद्युत उर्जाबाट बत्ति मात्रै बाल्ने काम हुन्थ्यो । अहिले नयाँ किरण विद्युत सहकारी बनाएर स्थानीले गाउँमा पु¥याएको विद्युत उर्जाबाट विभिन्न उद्यम व्यवसाय पनि गर्न सकिने भएपछि उपभोक्ता खुसी देखिएका छन् ।

टुकीको सहारामा ७६ वर्ष कटाएकी डम्बर कुमारी गाउँमा बिजुली आउने कुराले उसै पनि खुशी थिइन् । आफ्नै गाउँमा बिजुली बलेपछि उनको खुशीले सिमा काट्यो । ‘टुकी बत्ती बालेरै यतिका वर्ष बित्यो, उनले सुनाइन् तर यो उमेरमै भए पनि आफ्नो गाउँलेको चोटा, कोठामा बिजुली बलेको देख्न पाइयो धेरै खुशी लागेको छ ।’ उनले थपिन, ‘सबै उपभोक्तालाई पुग्ने गरी बिजुलीको मिटर समस्थाले ल्याएन, लु चाँडो ल्याएर सबैको घरमा जडान गर्नुप¥यो ।’

डम्बर कुमारीको जस्तै सोहोरेका ५५ वर्षीय युक्त बहादुर आलेको गाउँघरमा पनि बिजुली बल्न थालेको छ । टुकीको साहारामा बिताएको रातहरु सम्झदैँ युक्तले भने युद्ध जितेको जस्तै भएको छ । राजधानीबाट नजिकको जिल्ला भएर पनि बिजुलीको मुहार देख्न यत्तिको बर्ष कुर्नु पर्यो । भीमखोरीको सोहोरे लेकघारीमा मात्रै होइन योसँगै सीमा जोडिएर रहेको रोशी गाउँपालिका वडा नं. १० का समुदायले समेत बिद्युतमा पहुँच पु¥याएका छन् ।

मिन्दुपा÷मेर्पा, तल्लो केराबारी, माथिल्लो केराबारी र भोटेसालु गाउँका केही स्थानीयले भने केही वर्षअघि देखिनै साना जलविद्यूत आयोजनाबाट उत्पादन भएको विजुली बत्ति बालिसकेका थिए । तर रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ नम्बरका एक दर्जनभन्दा बढी गाउँमा भने विद्यूत सेवा पुग्न सकेको थिएन । अघिल्लो हप्तादेखि भने यी वडाका गाउँहरुमा पनि विजुली बत्ती पुगेको छ । गाउँ विद्यूत सेवा पु¥याएर स्थानीयको मुहारमा उज्यालो थपेको हो नयाँ किरण विद्यूत सहकारी संस्थाले । यो संस्थाले गाउँमा विद्यूत सेवा पु¥याउन २०७० माघ १० गतेबाट कामको थालनी गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गत नयाँ किरण विद्युत सहकारी संस्थाले पु¥याएको विजुलीबाट पहिलो चरणमा वडा नम्बर १२ को रातमाटा, हाइटार, हर्कपुर, शिखरपुर, घ्याङडाँडा, केराबारी, कम्मरदेउ, च्याँख्ले, डाँडपाखा, आँपडाँडा, भोटेशालु र मगरशालु गाउँ अहिले झिलिमिलि भएको छ ।

त्यस्तै वडा नं. ११ को माम्तिबेशी, पिप्ले, रामरिङ, जुगेपानी, कातार्जे मिन्दुपा, मेर्पा र सोहोरे गाउँका स्थानीयले विजुली बत्ति बाल्न सुरु गरेको नयाँ किरण विद्यूत सहकारी संस्थाका अध्यक्ष चन्द्रमाया तामाङले बताइन् । यी दुबै वडाका गरी झण्डै एकहजार घरधुरी लाभान्वित भएका छन् । अध्यक्ष तामाङले गाउँमा बिजुली पुर्याउन सुरुवाती अवस्थामा गर्नुपरेको संघर्षका दिन सम्झदैँ गाउँमा बिजुली पुगेसँगै भीमखोरीमा नयाँ आयाम थपिएको बताईन् ।

अहिले यी गाउँमा विजुली पु¥याउनका लागि ५० केभिए र १०० केभिए भोल्टेज गरी जम्मा ८ वटा लोडसेण्टर (ट्रन्सफरमर) जडान गरिएका छन् । काभ्रे जिल्ला साविकको भीमखोरी गाउँ विकास समितिमा विद्युत सेवा विस्तारका लागि तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लिमिटेडको सेवा क्षेत्रभित्र पर्ने टेकानपुरमा ट्यापिङ गरिएको छ ।

त्यस्तै तेमाल गाउँपालिका वडा नं. १ मा रहेको आधाबाटमा समेत टिओडी मिटर जडान गरिएको अध्यक्ष तामाङले बताएकी छिन् । खानी कुशेश्वर जयमाता जेभीले ०७४ भाद्रबाट निर्माणको जिम्मा लिएको विद्युत लाईन विस्तारको पहिलो चरणको कार्यक्रम अनेकन चुनौतीकाबीच विद्युत लाईन संरचना निर्माण गरिएको निर्माणमा संलग्न व्यवसायीले बताएका छन् ।

भीमखोरीको विद्युत लाईन संरचना निर्माणमा नेपाल सरकारले ९० प्रतिशत र समुदायले १० प्रतिशत रकम व्यहोर्ने गरी विद्युतीकरण कार्यक्रम अघि बढाइएको संस्थाका उपाध्यक्ष फूर्साङ तामाङले जानकारी दिए । उनकाअनुसार भीमखोरीको बाँकी रहेको स्थानमा समेत लगत्तै कार्यक्रम अघि बढ्नेछ ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ९ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने