२०८१, १५ बैशाख शनिबार

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता


चेङ्दु, ४ साउन सिन्ह्वा : चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ ।

देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबार मुसलधारे वर्षा भएको अधिकारीहरुले जनाएका छन् ।

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सिर्जित प्राकृतिक प्रकोपबाट अरु छ जना घाइते भएका छन् भने एक लाखभन्दा बढी विस्थापित भएका छन् ।

विस्थापित भएकाहरुलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरुले जनाएका छन् ।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरुलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरु पु¥याउदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटकहरु पनि विस्थापित हुनु परेको छ । उनीहरु वेन्चाउ क्षेत्रमा अल्पत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै परेको अधिकारीहरुको भनाइ छ ।

स्थानीय अधिकारीहरुले अप्ठ्यारोमा परेका पर्यटकहरुको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।

अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत वितरण कार्य जारी रहेको समाचारमा जनाइएको छ । रासस

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  १० : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने