२०८१, ४ जेष्ठ शुक्रबार

गैरसरकारी संस्था पारदर्शी बन्नुपर्छ : मन्त्री बाँकोटा

गैरसरकारी संस्था पारदर्शी बन्नुपर्छ : मन्त्री बाँकोटा


नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गैर सरकारी संस्थाहरुलाई नियमन गर्ने बताएका छन् ।
गैर सरकारी संस्था महासंघ काभ्रे शाखाको आठौं अबिधेशनको उद्घाटन सभालई सम्बोधन गदैं बाँकोटाले नेपालमा सक्रिय रहेका केही गैर सरकारी संस्थाहरुले राष्टिय अखण्डता र सार्वभौम सत्ता खलबल्याउने गतिविधी गरिरहेको बताउदै त्यस्ता संघ संस्थाहरुलाई कानुनी दयारमा ल्याउने बताए ।

यसैगरी कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जीतराम लामाले संस्था दर्ता ऐन २०३४ लाई आधार मानेर दर्ता भएका संस्थाहरुले ग्रामीण समुदायका राज्यको सहयोगी अंग भएर कार्यक्रम सञ्चालन गरेको बताए ।
उनले भने ‘हामीमाथी राज्यले शंका गरी अंकुश लगाउन खोजिरहेको छ, हामीबाट कमजोरी भएको भए सरकारसंग बसेर छलफल गर्न तयार रहेको बताए । लामाले ०६२ र ६३ सालको जन–आन्दोलनमा नागरिक समाजले खेलेको भुमिकालाई कमजोर नठान्न समेत अनुरोध गरेका थिए ।

धुलिखेलको शैक्षिक तालिम केन्द्रमा भएको अधिवेशनकबाट सामाजिक अभियान्त टोम प्रसाद सापकोटा अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षमा दावा घिसिङ, सचिवमा गुणराज मुक्तान, सह सचिवमा शान्ता अर्याल र कोषाध्यक्षमा गंगा दोङ सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा शान्ति लामा, कमल प्रसाद बञ्जरा, निर्मला गौतम, राजकुमार तामाङ, रीता मानन्धर, खुसराज लामा, चमार सिं लामा, सुमन खड्का, प्रकाश रोक्का र रामकृष्ण चापागाई रहेका छन् ।

नवनिर्वाचित गैसस महासंघ काभ्रेका कार्यसमिति

प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार  ३ : ४० बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको