२०८१, ४ जेष्ठ शुक्रबार

काभ्रेको बनेपामा नागरिक समाज र स्थानीय सरकारबीच छलफल

काभ्रेको बनेपामा नागरिक समाज र स्थानीय सरकारबीच छलफल


धुलिखेल,१४ बैशाख : काभ्रेको बनेपामा नागरिक समाज र स्थानीय सरकारका प्रतिनिधि बीच छलफल भएको छ ।

अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शनिबार भएको कार्यक्रममा ‘नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ विषयमा छलफल भएको हो । एफएचआई र यूएसएडको सहयोगमा इन्सेकले पैरवी संयन्त्रहरूबीच विश्वास र सहकार्य बढाउन छलफल कार्यक्रमको आयोजना गरेको इन्सेक काभ्रेका प्रतिनिधि भोजराज तिमल्सिनाले जानकारी दिए ।

छलफल कार्यक्रममा सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरु सहभागि भएका थिए । सहभागिहरुले स्थानीय सरकार र नागरिक समाजबीचको दुरी निकै बढेको भन्दै त्यसलाई कम गराउन यस्ता छलफलहरु आवश्यक रहेको बताए । सहभागि सञ्चार कर्मी र संघसंस्थाका प्रतिनिधिहरुले काभ्रे जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले अझै कामको लय लिन नसकेको भन्दै जिल्ला समन्वय समितिको ध्यानकर्षण गराएका थिए ।

त्यस्तै उनीहरुले अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरणमा पनि स्थानीय तहहरुले खासै महत्व नदिएको बताए । सहभागिहरुले कामको गुणस्तर, सेवा ढिलाई, उभोक्ता समिति गठनमा मनोमानी, बजेट निर्माण र योजना छनौटमा आफु खुशी भइरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमूख उद्धव केसीले जिल्लाका सबै स्थानीय तहहरु काम गर्न पूर्ण सक्षम नभएपनि विकास निर्माणले गति भने लिएको बताए । ‘जनप्रतिनिधिसँग चुनौति खासै छैन्, उनले भने ‘यो त एउटा अवसरको समय हो, यसलाई अवसरका रुपमा लिएर विकास निर्माणको जग बलियो बनाउनुपर्छ, नागरिकको विश्वास जित्ने गरी ।’

समन्वय समितिका प्रमूख केसीले ‘राष्ट्र बनाउने कुरा ख्यालठट्टा नभएको’ बताए । ‘हो हामी विकास निर्माणका हिसाबले निकै भोको छौँ, यो जनताहरुको चाहनाले पनि देखाउँछ, हामीलाई काम अहिले नै भइदिए हुन्थ्यो जस्तो लाग्छ, उनले भने ‘तर काम विधि र प्रक्रिया बमोजिम हुन्छ, केहि समय लाग्छ, काम नै नभएको होइन्, सुरुवात भएको छ, काम गर्ने गति चाँहि बढाउन आवश्यक छ ।’

पनौती नगरपालिकाका उप मेयर गिता बञ्जाराले आफ्ना नगरपालिकाले सबै वर्ग, समुदायलाई समेटरै अघि बढी रहेको बताइन् । उनका अनुसार पनौती नगरपालिकाले नगरलाई आवश्यक पर्ने २२ वटा ऐन, कानुन निर्माण गरिसकेको छ । ‘हामीले नगरपालिकलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने काम सकिसकेका छौँ, त्यहि ऐन, कानुनको परिधिमा रहेर समृद्ध नगर बनाउन लागिपरेका छौँ, उनले भनिन्, ‘नगरभित्रका सबै जात, जाति, भाषा, धर्म र भौगोललाई भेदभाव रहित सबै कार्यमा सहभागि गराउँछौ ।’ उनका अनुसार नगरपालिका महिला तथा बालबालिका हेर्ने गरी छुट्टै डेक्स नै स्थापना गरिएको छ ।

बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीले बस्ती स्तरमा योजना छनौट हुदाँ प्राथमिकतामा पर्ने कुनै पनि योजनाहरु टोकरीमा नफालिने बताए । ‘हरेक बस्तीमा पुगेर योजना छनौटमा सबैको सहभागि जुटाइरहेका हुन्छौँ, को आफ्नो, को पराई भन्ने नै छैन्, आफ्नो ठाउँको विकास गर्ने हामी सबैको साझा लक्ष्य र उद्देश्य हो, उनले भने ‘हामी त्यहि अनुरुप सबैलाई जानकारी र सहभागि गराएरै वडाबाट हुने काम गर्दै आइरहेका छौँ ।’

उनले भूकम्प लगत्तै गाउँ छिरेका अधिकांश राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था अहिले हराएको बताए । ‘गाउँको हितका लागि काम गर्न आउने सबैसँग हाम्रो सहकार्य हुन्छ, उनले भने ‘आफ्ना वडामा हुने विकास निमार्णका सवाललाई नागरिक समाजकै अगुवाईमा प्राथमिकता निर्धारण गर्नेे गरेको छु ।’

प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार  ८ : ०१ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको