२०८१, ३१ बैशाख सोमबार

सहकारीको काम प्रति सरकारका प्रवक्ता बास्कोटा रुष्ट (भिडियो सहित)

सहकारीको काम प्रति सरकारका प्रवक्ता बास्कोटा रुष्ट (भिडियो सहित)


धुलिखेल, १४ बैशाख : सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सहकारीको काम प्रति असन्तुष्टी जनाएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा ‘सहकारीको सारथी’ नामक पुस्तक विमोचन गर्दै उनले सहकारी संस्थाहरुले मूल्य मान्यता विर्सेर काम गरिरहेको बताए । ‘सरकारले सहकारीलाई संवैधानिक मान्यता दिएको छ, तीन खम्बे अर्थतन्त्रभित्र सरकारले सहकारीलाई राखेको छ, तर यसको काम हेर्दा त्यस्तो लाग्दैन्, उनले भने ‘सहकारीको काम विचौलिया खोज्दै हिड्ने होइन् ।’

उनले वित्तिय सहकारीको गतिविधि ह्वात्तै बढेको र उत्पादन मुखि सहकारीलाई निष्क्रिय बनाएर बिलासी बस्तुको प्रयोगलाई प्रोत्साहन गर्न सहकारी लागि परेको प्रति असन्तुष्टी जनाएका हुन् । ‘मेरो तिब्र आक्रोश छ, उनले भने म सहकारी मन्त्रालयको नेतृत्व मन्त्री त होइन, तर अनुभवका आधारमा भन्नुपर्दा २२ प्रतिशतसम्म ब्याज लिने, मोटरसाइकल मात्रै किन्न दिने, उत्पादन सम्बन्ध र उत्पादक बृद्धि गराउने सहकारी मर्म कहाँनिर मेल खान्छ, यो सहकारीको सिद्धान्तभित्र पर्छ ?’

राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेँल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती लगायत झण्डै दूई सयको हाराहारीमा रहेका सहकारी कर्मीलाई साक्षी राखेर मन्त्री बास्कोटाले समाजवादी सस्कृति सहितको आर्थिक ब्यवस्था निर्माण गर्ने दिशामा सहकारी लाग्नुपर्नेमा जोड दिए । ‘तरकारी उत्पादन, तरकारी वितरण गर्ने सहकारीलाई सक्रिय बनाउन कसले छेक्यो ?, उनले प्रश्न गर्दै भने ‘यदि जनतासँग जोडिदैन भने कसरी सहकारी हुन्छ ?’

सरकार एक्लैले पूँजी निर्माण गर्न नसक्ने उनको भनाई थियो । ‘छरिएर रहेको पूँजीलाई सहकारीको माध्यमबाटै हो एकत्रित गर्ने, उनले भने ‘यसरी एकत्रित भएको पूँजीलाई उत्पादनमा प्रयोग गरौँ, उत्पादन नगर्ने तर मोटरसाइकल मात्रै चडेर हिड्ने प्रवृत्ति बस्यो भने देशको अवस्था के होला, सिद्धान्त अनुसार हामी सबै चलौँ ।’

मन्त्री बास्कोटाले फरक प्रसंगमा राजधानमा बसेर गाउँको विकास भएर भनेर उफ्रिनुको कुनै औचित्य नभएको बताए । ‘सहरमा बस्ने, मुस्किलले वर्षमा एक पटक पनि गाउँ नजाने, अनि विकास भएन गाउँमा भने सामाजिक सञ्जालमा कोहाल मच्याउने, यसले हामीलाई सहि बाटो तर्फ डोहोर्याउँदैन्, उनले भने ‘गाउँ कति फेरियो भनेर हेर्न गाउँ नै जानुपर्छ, अर्काले भनेको भरमा होहल्ला गर्नुको कुनै तुक छैन् ।’

प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार  ३ : ४९ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको