२०८१, ४ जेष्ठ शुक्रबार

खाना, खाजा बनाउन र भाँडा माज्न सिकाउँदै रेडियो नमोबुद्ध

खाना, खाजा बनाउन र भाँडा माज्न सिकाउँदै रेडियो नमोबुद्ध


काठमाण्डौ, ५ बैशाख: काभ्रेको धुलिखेलमा रहेको सामुदायिक रेडियो नमोबुद्ध १०६.७ मेगाहर्जले खाना र खाजा बनाउने तरिका सिकाउन थालेको छ ।

स्थापना कालदेखि नै हिन्दी गीतको सट्टा स्थानीय जाती र भाषाको गीत प्रसारण आएको रेडियोले लोप हुदैँ गएका खाना बनाउने तरिका सिकाउन कार्यक्रम प्रसारण सुरु गरेको हो ।

ह्योल्मो, दनुवार, माझी, जिरेल, शेर्पा लगायत जातिका भाषाको कार्यक्रम प्रसारण गर्दै आएको रेडियोले अब ती समुदायको खानाको समेत प्रसार प्रसार गर्ने रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले बताए ।

रेडियो कार्यक्रमलाई ग्लोबल नेपालीज् सेफ फेडेरेसन र होटल एशोसियसन संघ धुलिखेलले पनि साथ दिने प्रतिबद्धता जनाएका छन् । बुधबार सेफहरुलाई भेला गरेर रेडियो कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो । ‘हाम्रो उद्देश्य भनेको खाना बनाउँदा देखि भाँडा माच्दासम्म ख्याल गर्नुपर्ने कुरा सिकाउने हो, स्टेशन म्यानेजर लामाले भने हामीले अहिले हप्ताको एकदिन १५ मिनेट प्रसारण गर्ने छौँ ।’

रेडियोबाट प्रसार हुने यो कार्यक्रमको नाम ‘हाम्रो भान्सा घर’ राखिएको छ । कार्यक्रमको प्रस्तोता पुष्पा रार्य हायु हुन् । उनीले पनि कुकको लेभल टु १ बर्षे कोर्स समेत पुरा गरिसकेकी छिन ।

ग्लोबल नेपालीज् सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गाउँघरकै उत्पादन भएका चिजलाई सामुदायिक रेडियोले प्रोत्साहन गर्न लागेको प्रति खुशी ब्यक्त गरे । ‘अहिले हाम्रा पुर्खाले बनाउँदै आएका सबै खानाका परिकार लोभ भइसकेका छन । उनले भने ‘होटल, रेष्टुरेण्टहरुको खानामा धेरै खर्च भइरहेको हुन्छ । यसलाई पनि रेडियो कार्यक्रम मार्फत उजागर गर्नुपर्छ । अब घरमै बसेर खानाका परिकार देखि सुरक्षासम्मका कुरा सुन्न पाउँदा पक्कैपनि राम्रो हुनेछ । ’

दैनिक खाने खाना र खाजाको मात्र थाहा नहुदाँ स्वास्थ्यमा अनेक खालको समस्या देखा पर्ने भन्दै क्षेत्रीय होटल संघ धुलिखेलकी सचिव जोस्ना सैंजुले रेडियो मार्फत त्यो कुरा पनि सिकाउन जरुरी रहेको बताइन् । ‘कुन समयमा कति खाना खाँदा हाम्रो शरीरलाई पुग्छ भन्ने ज्ञान सामान्य मानिससम्म पुग्न जरुरी छ, उनले भनिन् ‘खाना नजान्दा खाएकै चीजले रोग बढाइरहेको हुन्छ ।’

ग्लोबल नेपलीज् सेफ फेडेरेसनका केन्द्रिय महासचिव मोहन गजुरेलले मकै, कोदोको पिठोबाट समेत पाउरोटी बनाउन सकिने सीप रेडियो कार्यक्रमले दिने बताए । ‘समयसँगै मानिसहरुको लवाइ, खुवाईपनि बदलिएको छ, उनले भने हाम्रै खेतबारीमा उत्पादन भएका अन्नपातबाट पनि आधुनिक स्वाद दिन सकिन्छ, स्वथ्यकर र आर्गेनिक तबरले ।’

गाउँमा ढिँडो, सिस्नो, साग, भटामास, रोटी, मकै, फापर खाने चलन थियो । तर अहिले गाउँमा कम हुदैँ जाँदा सहरमा भने यसको माग ह्वात्तै बढेको छ । ‘पछिल्लो समय गाउँ गाउँमा जंग फुडको मात्रा बढेको छ, गजुरेलले भने ‘रेडियो कार्यक्रमले यसलाई कम गराउन पनि मद्दत पुर्याउने छ ।’

रेडियो नमोबुद्धले हालसम्म चाउचाउ, कुरमुरे, लेज, पेप्शी जस्ता जंगफुड जन्य सामग्रीको विज्ञान समेत प्रसारण गरेको छैन ।

प्रकाशित मिति : २०७६, ४ बैशाख बुधबार  ७ : १२ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको