२०८१, ३ जेष्ठ बिहीबार

सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा छ : मन्त्री अर्याल

सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा छ : मन्त्री अर्याल


स्याङजा, १ वैशाख । नेपाल सरकारका भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताउनुभएको छ ।

सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उहाँले सरकारका कामले पुर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको जीवन स्तरमा देखिने गरी परिवर्तन ल्याउने दावी गर्नुभयो ।

स्याङ्जाको वालिङ नगरपालिका दुइ स्थीत छप्राकमा दलित महिलाहरुद्वारा स्थापना गरेको सिद्धबाबा श्रमिक महिला सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । यसैगरी काम गर्दा पारदर्शी किसिमले गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले सरकारले पठाएको बजेट तोकिएकै ठाउँमा प्रयोग गर्न समेत निर्देशन दिनुभयो। ‘सरकारले जुन ठाउँको लागि बजेट पठाएको छ स्थानीय तहले सोही ठाउँमा प्रयोग गर्नुस् । त्यस्तो नगरेर अन्यत्र प्रयोग गरेमा सरकारले हस्तक्षेप समेत गर्ने अवस्था आउन सक्छ । त्यसकारण तपाईहरु सचेत रहनुहोसु, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले श्रमिकलाई हेलोहोचो गरेर देशको विकास नहुने भन्दै सरकारले श्रमिकहरुलाई सम्मान गर्ने मन्त्री अर्यालले बताउनुभयो । काम गरेर कोही सानो नहुने भन्दै उहाँले श्रमिकहरुलाई कामको उचित मुल्य दिनुपर्ने समेत बताउनुभयो । ुगरिब हुनु मानिसको कमजोरी होइन। जन्मदै कोही धनी भएर आउदैन धनी हुने एउटै मात्र उपाय छ। त्यो परिश्रम हो । परिश्रम गर्न पछि पर्न हुदैनु, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले घरबार बिहिन जनताका लागि सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेको बताउदै असुरक्षित घर खरका छाना भएकाहरुलाई विस्थापित गरेर सुरक्षित बस्ती बनाउने अभियान अन्तर्गत जस्तापाताले घर छाउनको लागि प्रति घर ५० हजारका दरले उपलब्ध गराउने पनि बताउनुभयो ।

चापाकोट नगरपालिकामा विपन्नका लागि आएको जनता आवास अन्तर्गको कार्यक्रममा सम्पन्नशालिले सुविधा लिएको र त्यो सरकारले फिर्ता गराएको स्मरण गराउदै उहाँले अशक्तका नाममा आएको सेवा सुविधा अरुले प्रयोग गरे त्यस्तो कार्य सरकारलाई सह्य नहुने बताउनुभयो ।

यसैगरी मन्त्री अर्यालले भीरकोट नगरपालिका स्थित नयाँ कृषि अभियान कृषि सहकारीको प्रथम साधारणसभाको उद्घान गदै सरकार कृषि सहकारीका माध्यमबाट गाउँगाउँमा रोजगारी सिर्जना गर्ने योजनामा रहेको बताउनुभयो । सहकारीले अब रोजगार मुलक कामका साथै उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २०७६, १ बैशाख आईतबार  १ : ३९ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको