२०८१, ५ माघ शनिबार

हात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार

हात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार


राजविराज, ९ फागुन: सप्तरीको अग्निसाई कृष्णश्रवण गाउँपालिकास्थित महुलीमा हात्तीको आक्रमणबाट घाइते एक महिलाको आज उद्धार गरिएको छ । पूर्व—पश्चिम राजमार्गदेखि दुई किलोमिटर उत्तर वन क्षेत्रको महुली खोलामा पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीया महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । वनमा घाँसदाउरा गर्नेले निजलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलालाई कोशी टप्पु वनजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको स्थानीयवासीको भनाइ छ ।

वन क्षेत्रभित्र महिला घाइते भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय महुलीका प्रहरी नायब निरीक्षक रामबाबु यादवको नेतृत्वको टोलीले घाइतेलाई उद्धार गरी राजविराजस्थित गजेन्द्रनारयण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको स्थानीयवासी वृजमान तमाङले बताउनुभयो । घाइते महिलाको दाहिने हात भाँचिएको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ९ : ११ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन